
सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले
प्रदेश सरकार लागुऔसध प्रयोगकर्ता लाई राख्न छिट्टै पुनः स्थापना केन्द्र संचालनमा ल्याउन लागेको जानकारी दिएका छन् । कैलालीको लम्की चुहा २ मोतिपुरमा रहेको राष्ट्रिय नमुना माध्यामिक विद्यालयमा भएको कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।
प्रदेशभर लागुऔसध प्रयोगकर्ता बढेको बताउदै प्रयोगकर्ता कम गर्न सबै निकाय लाग्नु पर्नेमा जोड दिए । आफुले प्रदेशका प्रहरी प्रमुख सङ्ग प्रष्ट कुरा राखेर लागुपदार्थ लाई कम गर्न विषेश टोलि बनाएर लाग्न निर्देशन दिएको बताए । सुधार केन्द्र खोल्ने कुरा प्रदेश सरकारको मन्त्री परिषदले निर्णय गरेको जानकारी गराउदै हाइवे क्षेत्रमा ३ विगाह जग्गा कुनै स्थानीय तहले उपलब्ध गराएमा भोली बाटै काम सुरु गरिने प्रतिक्रिया दिए । उनले भने मेरो ध्यान लागू पदार्थ बिक्री वितरण कसरी कम गर्न सकिन्छ भन्ने कुरामा गम्भीर ढङ्गले पुगेको छ । तिनै तहका सरकार प्रहरी प्रशासन,शिक्षा क्षेत्रका मान्छे लागेमा लागू पदार्थ निस्तेज गर्न सकिने बताए ।