Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

दार्चुलाको नदि कटान क्षेत्रमा पुगे मुख्यमन्त्री शाह, प्रदेश सांसद धामी भन्छ्न “अब मास्टरप्लान बन्छ”

User Photo आइतवार, बैशाख १०, २०८०
दार्चुला ।

सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले दार्चुला स्थित भारतले महाकाली नदिको मुहान नेपालतिर फर्काएर एकलौटी रुपमा गरिरहेको तटबन्धको अनुगमन गर्नु भएको छ । सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाको भ्रमणका क्रममा दार्चुला पुग्नु भएका शाहले उक्त क्षेत्रको अनुगमन गर्नु भएको हो ।

उक्त क्षेत्रमा कुटनैतिक माध्याम बाट दुबै देशका अधिकारी हरु बीच छ्लफल गरेर तटबन्ध गर्नु पर्ने भए पनि भारतले नदि नेपालतर्फ फर्काएर तटबन्ध गरि रहेको छ ।

अनुगमन गर्दै मुख्यमन्त्री शाहले भने दार्चुलाको यो समस्या सङ्ग म जानकार थिए तर स्थलगत निरीक्षण गर्नु पर्छ भनेर म यता आएको हो । यत्ती मात्र नभएर लास्कु खोलाले गरेको क्षतीको अवस्था हेर्न म आएको हो अहिले प्रदेश सांसद बिक्रम सिह धामी,प्रमुख जिल्ला अधिकारी किरण जोशी लगायतको टोलि आएका छौ । यसमा कुटनैतिक माध्याम बाट पहल गरि छिट्टै समस्याको समाधान गर्ने बताए ।

लास्कु खोलाले गरेको कटान लाई रोक्न प्राविधिक रुपमा नदि लाई कसरी नियन्त्रण गर्ने वा तटबन्ध गर्न र हिजोकै स्वरुपमा नदि लाई कसरी लैजाने भन्ने विषयमा एउटा योजना बनाएर प्रदेश सरकार अगाडि बढने बताए । तत्काल कसरी रोक्ने र दिगो हिसाबमा कसरी रोक्ने भन्ने सन्दर्भमा छिट्टै छ्लफल छ्लपल गर्छु उनले भने, सङ्गै अनुगमनमा पुगेका प्रदेश सभा सदस्य विक्रम सिह धामिले विगतको प्रदेश सरकारले यश क्षेत्रको लागि केही पनि नगरेको बताए ।

उनले भने यहि यहि समस्या देखाउन मुख्यमन्त्री लाई यहाँ सम्म ल्याएका हौ एउटा मास्टर पलान बनाएर अब प्रदेश सरकार अगाडि बढछ अहिले बर्खामा कसरी बचाउने भन्ने हेर्छौ बाकी अब पुरै बस्ती सुरक्षीत गर्न लाग्छौ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.