Naya Media
शुक्रबार, बैशाख ४, २०८३
| | April 17, 2026
शुक्रबार, बैशाख ४, २०८३

सुदुरपश्चिम बाट विजयी सांसदहरु सङ्ग प्रदेश सरकारद्वारा काठमाण्डौमा सुझाव संकलन

User Photo मङ्लबार, जेष्ठ २, २०८०
काठमाण्डौ ।

 प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह यसपाली प्रदेश सरकारको बजेट अलि फरक ल्याउने तयारीमा छ्न । विगतमा प्रदेश सरकारका प्रदेश सभा सदस्यहरु गोजिका योजना हालेको भन्दै विरोध हुँदै आएकोमा यसपाली मुख्यमन्त्री शाहले स्थानिय सरकारका जनप्रतिनिधि देखि संघीय सांसद सङ्ग समेत छ्लफल गरि बजेट ल्याउने बताई रहेका थिए ।

प्रदेशका  दुई जना मन्त्री लाई सङ्गै लिएर संघीय राजधानी काठमाडौ पुगेका शाहले आज सुदूरपश्चिम प्रदेश सरकारले आगामी २०८०/०८१ को बजेट निर्माण पुर्व काठमाण्डौमा छलफल गरेका हुन  । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्य, प्रतिनिधी सभा सदस्य र अर्थबिदहरु बिच छलफल गरिएको हो ।

काठमाण्डौको हार्दिक होटलमा सुदूरपश्चिम सरकारका माननीय मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा सुदूरपश्चिमका अर्थिक मामिला मन्त्री नरेश शाही, भौतिक पुर्वाधार मन्त्री प्रकाशबहादुर देउवा र सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्य, प्रतिनिधी सभा सदस्य र अर्थबिदहरु संग सुझाव संकलन गरेको बताईएको छ । सुदूरपश्चिम प्रदेश सरकार बजेट निर्माणका लागि सबै पक्ष संग छलफल गरी सुझाव संकलन गरिरहेको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.