
प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह यसपाली प्रदेश सरकारको बजेट अलि फरक ल्याउने तयारीमा छ्न । विगतमा प्रदेश सरकारका प्रदेश सभा सदस्यहरु गोजिका योजना हालेको भन्दै विरोध हुँदै आएकोमा यसपाली मुख्यमन्त्री शाहले स्थानिय सरकारका जनप्रतिनिधि देखि संघीय सांसद सङ्ग समेत छ्लफल गरि बजेट ल्याउने बताई रहेका थिए ।
प्रदेशका दुई जना मन्त्री लाई सङ्गै लिएर संघीय राजधानी काठमाडौ पुगेका शाहले आज सुदूरपश्चिम प्रदेश सरकारले आगामी २०८०/०८१ को बजेट निर्माण पुर्व काठमाण्डौमा छलफल गरेका हुन । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्य, प्रतिनिधी सभा सदस्य र अर्थबिदहरु बिच छलफल गरिएको हो ।
काठमाण्डौको हार्दिक होटलमा सुदूरपश्चिम सरकारका माननीय मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा सुदूरपश्चिमका अर्थिक मामिला मन्त्री नरेश शाही, भौतिक पुर्वाधार मन्त्री प्रकाशबहादुर देउवा र सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सदस्य, प्रतिनिधी सभा सदस्य र अर्थबिदहरु संग सुझाव संकलन गरेको बताईएको छ । सुदूरपश्चिम प्रदेश सरकार बजेट निर्माणका लागि सबै पक्ष संग छलफल गरी सुझाव संकलन गरिरहेको छ ।