बिहिबार, साउन १०, २०७५, ।
प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाई सकिएको छ । तर, निर्णय भोलि मात्रै हुने संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।‘सुनुवाई आज सकिएको छ । निर्णय भोलि हुन्छ’ सभापति कर्णले भने ।
संवैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिस गरेका सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश जोशीविरूद्ध संसदीय सुनुवाइ समितिमा ५ वटा उजुरी परेका थिए । जसमा शैक्षिक प्रमाणपत्र लगायतका विषय थिए ।