प्रेस लेखेको मोटरसाइकलबाट लागूऔषधको अवैध कारोबार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले सोमबार दिउँसो पौने ३ बजे काठमाडौं महानगरपालिका २२ पुरानो नगरपालिकानजिकैबाट प्रेस लेखेको ज ७ प १४०४ नम्बरको मोटरसाइकल र त्यसमा सवार धनुषा गणेशनाथ चारनाथ नगरपालिका ४ का राजकुमार चौधरीलाई पक्राउ गरेको हो ।
चौधरीले बोकेको कालो झोला चेक जाँच गर्दा प्रतिबन्धित लागुऔषध भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले चौधरीसँग लागुऔषध खरिद गर्न आएका काठमाडौं बसन्तपुरका मोहम्मद शाहीदलाई पनि पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त जनसेवामा राखिएको छ । चौधरीको साथबाट प्रहरीले बैंकमा जम्मा गरेको ४ लाख रुपैयाँको भौचर पनि बरामद गरेको छ ।
खैरो हिरोइनसहित ३ जना पक्राउ
प्रहरीले लागुऔषध कारोबारमा संलग्न ३ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका ३२ सत्य साहमार्गस्थित शिव श्रेष्ठको घरमा भाडामा बस्ने झापा दमकका उदव न्यौपाने, सुमन झा र मोरङ मधुमल्ला ४ का चौलागाईलाई ४० ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द