Naya Media
बुधबार, कार्तिक २६, २०८२
| | November 12, 2025
बुधबार, कार्तिक २६, २०८२

खानेपानी र शौचालय नहुँदा सास्ती

User Photo
सोमवार, भदौ २५, २०७५

जिल्ला गाउँपालिकामा रहेको भैरव मावि नराकोटमा खानेपानी र शौचालय अभाव भएको वर्षो वित्यो ।  लामो समय देखी खानेपानी र शौचालय अभावको समस्या समाधान नहुँदा त्यहाँका शिक्षक र विद्यार्थीलाई सास्ती भएको छ ।  अहिले विद्यार्थीले १ घण्टाको पैदल हिडेर  पानी पिउने गरेका छन् । शौचालयको अभाव थियो, विद्यालयमा खानेपानी समेत अभाव हुदा पढाई नै प्रभावित हुने गरेको छ, विद्यालयका कक्षा ९ मा अध्ययनरत छात्रा विपना जैशीले भनिन् । उनका अनुसार विद्यालयका साथीहरू मिलेर पालैपालो गरेर डरममा पानी खान बाध्य  छन्  । कतिपय विद्यार्थीले आफ्नो घरबाटै बोकेर पनि पानी  ल्याउने गरेका छन् ।  छात्रा जैशीले पढाईलाई छोडेर पनि खोलाको दुषित पानी खान बाध्य भएको दुखेसो गरिन् ।

विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको लापरबाहीले गर्दा यस्तो दु ख खेप्नु परेको विद्यार्थीहरूको गुनासो रहेको छ । विद्याँर्थी आफैले १० रुपैय प्रति विद्यार्थी डरम किनेर पानी ल्याउने गरेका छन् । पहिला विद्यालयमा दुई वटा धारा थिए, पछि धारा विग्रदै गएपछि खानेपानीको समस्या शूरु भएको थियो ।  विद्यार्थी पढ्ने कक्षा कोठाको समेत रहेको विद्यालयमा नयाँ भवन निर्माण गर्दा दुई धारा पुरिदा समस्या उत्पन्न भएको हो ।  धारा पुन निर्माण गर्न  स्थानीय सरकारलाई आग्रह गरेको भएपछि माग सम्बोधन हुन नसकेको गुनासे विद्यालयका शिक्षक धर्मलाल शर्मा बताउछन् । शौचालय गर्न पनि गाउँमा आफन्तको घरमा जानु पर्ने अवस्था छ, विद्यार्थीले जथाभावि दिसा,पिसाप गरिदिदा संकमण फैलिने डर पनि उत्तिकै छ, उनले भने ।

२०६७ सालमा निर्माण भएको शौचालय अझ सम्म पनि प्रयोग विहिन भएको छ ,नेदरल्याण्ड बाट २ लाख ५० हजार रुपैया सहयोग हुँदा अझै पनि विद्यार्थी र शिक्षकले यस्तो सास्ती खेप्नु परेको  विद्यालयका शिक्षक धर्मलाल शमाको भनाई रहेको छ । यता विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू समयमा बैठक नबस्ने विद्यालयमा भएका गतिविधिहरू नबुज्ने गरेपछि विद्यालयले यस्तो सास्ती खेपिरहेको विद्यालयले दुखेसो गरेको छ । विद्यालयका निमित्त प्रधानाध्यापक देवराज धितालले शौचालय र खानेपानी विद्यालयमा उपलब्ध गराउने माध्यम नै नभएको बताए । उनले भने, सरोकारवाला सँग  सहयोगको अपिल गर्दा समेत माग सम्बोधन हुन सकेको छैन् ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.