Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

बेनी-जोमसोम सडकमा अलपत्र ७५ तीर्थयात्रीको हेलीकोप्टरबाट उद्धार

User Photo
शुक्रबार, भदौ २९, २०७५

हिमालपारिको जिल्ला मुस्ताङबाट म्याग्दी सदरमुकाम बेनी फर्कने क्रममा बेनी जोमसोम सडकमा फसेका ७५ जना भारतीय तीर्थयात्रीहरूलाई हेलीकोप्टरबाट उद्धार गरिएको छ।

गएको बुधबार दिउँसोको अविरल वर्षाका कारण कालीगण्डकीले बेनी जोमसोम सडक भत्किएपछि सवारी आवागमन नहुँदा ती तीर्थयात्रीहरू म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानामा अलपत्र परेका थिए। उनीहरूलाई जिल्ला प्रशासन कार्यालय म्याग्दी र जिल्ला प्रशासन कार्यालय मुस्ताङको पहलमा प्रभु, एयर, डाइनास्टिक र कैलाश एयर कम्पनीका हेलीकोप्टरहरुले उद्धार गरेका हुन्।

सडक सुचारु गराउनको लागि अझै केही दिन लाग्ने भएकोले अन्य पर्यटकहरुको पनि उद्धार गर्नुपर्ने अवस्था आउन सक्ने भएकोले विमान सञ्‍चालक कम्पनीहरुसँग निरन्तर सम्पर्क भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले जानकारी दिए। म्याग्दीको काभ्रेभिरमा खसेको पहिरोले गत वर्ष एक जना भारतीय पर्यटकको मृत्यु भएका कारण पनि पर्यटकहरुले वर्षा र पहिरोको खबर सुन्नासाथ यात्रालाई बीचैमा रोक्ने गरेका छन्।

पर्यटकको सिजन सुरु भएसँगै मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्दै गइरहेको बेला अचानक भीषण वर्षा भएर सडक बग्नुका साथै बस्तीहरु नै खतरामा परेपछि उद्धार गरिएका बाहेक अन्य पर्यटकहरुलाई पनि समस्या भएको छ। घुम्नको लागि मुस्ताङ पुगेका पर्यटकहरु फर्किन नपाउँदा मुस्ताङमै रोकिन बाध्य भएका छन भने, विभिन्न कामको शिलशिलामा छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा झरेका मुस्ताङीहरुलाई पनि जिल्लामा फर्किन समस्या भएको छ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.