अन्तर्राष्ट्रिय झापाली समाज (अझास) को दोस्रो क्षेत्रीय सम्मेलनले झापाको समृद्धिका लागि एक अर्ब बढी लगानी गर्नेसहित महत्वपूर्ण ७ वटा घोषणा गरेकोे छ । दुई दर्जन बढी मुलुकबाट आएका झापाली प्रतिनिधिहरुले सामुहिक लगानी र समृद्ध झापा बनाउने प्रतिवद्धतासहित दक्षिण कोरियाको योङसानस्थित नोभोटेल होटलको सभाहलबाट सो उदघोष गरेका हुन् ।
सोही सम्मेलनले अर्को क्षेत्रीय सम्मेलन युरोपमा गर्नेसमेत निर्णय गरेको छ ।