Naya Media
आइतवार, फाल्गुन २४, २०८२
| | March 8, 2026
आइतवार, फाल्गुन २४, २०८२

प्रेम विवाह: ‘दलितसँग बिहे गरेँ भनेर वर्षौंदेखि माइती बोल्दैनन्’

User Photo आइतवार, अशोज १४, २०७५

दलित भनिएका पुरुषसँग बिहे गरेका तर अन्य समुदायमा जन्मेका कतिपय महिलाहरूले अहिलेसम्म माइतीपक्षले आफूहरूलाई जातका आधारमा विभेद गरिरहेको दुखेसो पोखिरहेका छन्।

त्यस्ता कयौँ महिलाहरूले आफूहरू वर्षौंसम्म आफू जन्मेको घर फर्केर जान नपाएको बताएका छन्।

जातीय विभेद गर्न नपाइने कानुन बने पनि मानिसहरूको मानसिकता अझै नबदलिएको मानवशास्त्रीहरू बताउँछन्।

झापाको अर्जुनधारा नगरपालिका ७ की राधिका थापाले अर्जुनधारा ५ का युवराज रसाइलीसँग केही महिनाअघि भागेर बिहे गरिन्।

बोलचाल नै हुँदैन

तर उनलाई माइतीपक्षले अहिलेसम्म बोलाएका छैनन्।

उनी भन्छिन्, “हामी भागेर बिहे गरेपछि प्रहरीमा लगियो। मैले श्रीमानसँगै जान्छु भने। अहिलेसम्म माइतीले बोलाएका छैनन्। बोलेका पनि छैनन्।’

जहाँ जातीय विभेदको ‘नामनिसान छैन’

दलित सांसदले भनिन्, ‘काठमाण्डूमा डेरा पाइनँ’

मेचीनगर नगरपालिका ११ की अञ्जु प्रसाईँले २०४७ सालमा मेचीनगर ११ कै केशर बर्देवासंग बिहे गरेपछि १० वर्षसम्म माइतीपक्षका कोहीसँग बोल्न समेत पाइनन्।

अन्तरजातीय विवाह

अहिले पनि उनले माइती घरको आँगन टेक्न पाएकी छैनन्।

तर उनको दाजुहरूसँग भने बोलचाल सुरु भएको छ।

प्रसाईँले भनिन्, “सहज छैन अझै पनि। माइतीमा कोहीले बोल्ने कोही नबोल्ने भएपछि झन् समस्या हुँदो रहेछ।”

झन् चाडबाडका बेला आफूजस्ता कयौँ महिला नयाँ नयाँ कपडामा सजिएर माइत गएको देख्दा आफूहरूलाई निकै पीडा हुने गरेको दलित भनिएको समुदायको पुरुषसँग २०५७ सालमा बिहे गरेकी सीता ढुंगानाले बताइन्।

उनले भनिन्, “हामीलाई पनि त माइत जान मनलाग्छ। मेरा बुवा हुनुहुन्छ। भेट्न मन लाग्छ। तर, अहँ, अहिलेसम्म त्यो वातावरण बनेन।”

मानसिकता

राजीखुशीका साथ दलित भनिएका समुदायका पुरुषसँग बिहे गरेर छोराछोरी हुर्काएर ठूला बनाइसकेका महिलाहरूले परिवारबाटै विभेद गरिएका उदाहरणहरू हुन् यी। जातका आधारमा विभेद गर्न कानुनले बन्देज लगाएको छ।

मेची बहुमुखी क्याम्पस भद्रपुरका मानवशास्त्र विषयका विभाग प्रमुख सुशील खनाल भन्छन् कानुन बने पनि मानिसको मानसिकता बदलिएको छैन।

खनाल भन्छन्, “कानुन आए पनि मानिसको सोचमा परिवर्तन आएन। राज्यले पनि के गर्नसक्छ र यस्तो विषयमा।”

दलित भनिएका पुरुषसँग बिहे गरेका कतिपय महिलाका माइतीपक्षले छोरीको मृत्युपछि गरिने काज किरियासमेत जिउँदै गरेको उदाहरणहरू समेत आफूसँग रहेको खनाल बताउँछन्।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.