Naya Media
शुक्रबार, बैशाख ११, २०८३
| | April 23, 2026
शुक्रबार, बैशाख ११, २०८३

प्रचण्ड र किरणले आजसँगै बसेर जीवन शर्माका १० गीत सुन्ने

User Photo शुक्रबार, अशोज १९, २०७५

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन बैद्यले आज एउटै मञ्चमा बसेर जीवन शर्माका गीत सुन्ने भएका छन् ।

जनवादी गायक शर्माका १० वटा गीत सुनाउने अवसर जुटाउन लागेको हो, इच्छुक सांस्कृतिक प्रतिष्ठानले ।

सो प्रतिष्ठानले शुक्रबार दिउँसो साढे ४ बजे जीवन शर्मा संयुक्त साँकृतिक कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रचण्ड र बैद्यलाई डाकिएको छ ।

साँस्कृतिक साँझमा शर्माले १० वटा जनवादी गीत प्रस्तुत गर्नेछन् भने सामना साँस्कृतिक परिवार, रक्तिम सांस्कृतिक परिवारको गीत र नृत्य तथा सुवोध गौतमले हाँस्यब्यङ्ग्य प्रस्तुती दिने कार्यक्रम रहेको छ ।

शर्माका सिमली छाँयामा बसी भरिया लामो सास फेरेको, झर्नाको चिसो पानी लगायतका जनवादी गीतहरु चर्चित रहेका छन् ।

कार्यक्रममा खानेपानी मन्त्री बिना मगर, श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट, वन तथा वातावरण मन्त्री शक्ति बस्नेत लगायत सहभागी हुने बद्री चुडालले  जानकारी दिए ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.