Naya Media
शुक्रबार, जेष्ठ ३०, २०८२
| | June 13, 2025
शुक्रबार, जेष्ठ ३०, २०८२
Advertisement

राष्ट्रपति भण्डारीबाट वातावरणलाई स्वच्छ बनाउने अभियान चलाउन आह्वान

User Photo
आइतवार, अशोज २१, २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरणलाई स्वच्छ बनाउने अभियान चलाउन आह्वान गरेकी छिन् ।

वातावरण विभागले आज काठमाडौंमा गरेको वातावरण सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रकृतिसँग वातावरण जोडिएको र यससँगै मानिसको जीवनसमेत गाँसिएको भन्दै वातावरणलाई स्वच्छ बनाउने अभियान चलाउनुपर्ने बताएकी हुन् ।


advertisement

उनले वनजंगलको संरक्षण गर्दै जलवायु परिवर्तनबाट पर्ने प्रभावलाई समेत न्यूनीकरण गरेर जाने ढंगबाट काम थाल्न आग्रह गरिन् ।

वातावरण संरक्षणलाई प्रदूषणसँग जोडेर त्यहाँबाट उठ्ने करलाई वातावरण संरक्षणमा लगाउन उनले सरकारलाई सुझाव दिइन् ।

कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले स्थानीय तह र प्रदेशमा समेत वातावरण स्वच्छ बनाउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताइन्

सम्मेलनमा स्थानीय तथा प्रदेश तहका जनप्रतिनिधि र वातावरणविद्हरु सहभागी छन् ।

स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको अधिकारलाई सुरक्षित गर्न भन्दै इसिमोडको सहयोगमा वातावरण सम्मेलन गरिएको हो ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.