Naya Media
सोमवार, कार्तिक २४, २०८२
| | November 10, 2025
सोमवार, कार्तिक २४, २०८२

दशैंमा ३० करोडको फलफूल आयात हुने

User Photo
आइतवार, अशोज २१, २०७५

यस वर्षको दशैंका लागि करिब ३० करोड बराबरको फलफूल आयात हुने भएको छ । आन्तरिक उत्पादनले मुलुकभरको माग धान्न नसक्ने भएकाले ठूलो रकम विदेशीने गरेको हो । अरु समयमा भन्दा दशैंका बेला फलफूलको माग दोब्बरले बढ्ने भएकाले ३० करोड हाराहारीको फलफूल विदेशबाट भित्रिने व्यवसायी बताउँछन् ।

दशैंमा चीनबाट करिब २० करोडको स्याउ आयात हुने नेपाल फलफूल थोक व्यवसायी संघका केन्द्रिय कोषाध्यक्ष काशिराम सापकोटाले जानकारी दिए । उनका अनुसार नेपालमै उत्पादन हुने स्याउले जम्मा १० प्रतिशत माग धान्न भएकाले धेरै स्याउ चीनबाट ल्याइने गरिएको छ ।

‘दशैंमा स्याउको माग दोब्बरले बढ्छ, अहिले चीनबाट दैनिक जसो ५०-६० गाडीमा डेढ सय टन स्याउ भित्रिरहेको छ, दशैंभरीमा ६०० कन्टेनर स्याउ भित्रिन्छ चाइनाबाट’, उनले भने । भारतबाट स्याउको आयात कम हुने गरेको उनले जानकारी दिए । ६० प्रतिशत केरा भने भारतबाट भित्रिने गरेको उनको भनार्इ छ ।

दशैंका लागि ५०-६० टन केरा भारतबाट आउने उनले बताए । ‘आन्तरिक उत्पादनले ४० प्रतिशत माग धान्छ, करिब ३-४ करोडको केरा भारतबाट आउँछ दशैंको लागि’, उनले भने । आयातको कूल परिमाण हेर्दा करिब १५ सय टन फलफूल दशैंलाई लक्षित गरेर भित्रिने थोक व्यवसायी बताउँछन् ।

स्याउ र केराबाहेक सुन्तला, अंगूर, मौसम, पनि विदेशबाटै आयात हुने गरेको छ । सुन्तला भने भारतबाट धेरै भित्रिने गरेको छ । दशैंको बेला सुन्तलाको माग नहुने भएकाले करिब ४ करोडको आयात हुने संघका कोषाध्यक्ष सापकोटाले जानकारी दिए ।

वाषिर्क सात अर्वको फलफूल विदेशबाट

नेपाल फलफूलमा निर्भर हुन नसक्दा वर्षेनी ठूलो रकम बाहिरिने गरेको छ । केरा, स्याउ, सुन्तलाको खेती हुँदै आएपनि त्यसले मुलुकभरको माग धान्न नसक्ने भएकाले विदेशी फलफूल आयात गर्नै पर्ने बाध्यता छ । तर किसानले भने सरकारले फलफूल खेतीका लागि उपयुक्त वातावरण नबनाइदिएको र आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्नतर्फ नलागेको गुनासो गर्छन् ।

वर्षभरिमा फलफूल आयातको परिमाण हेर्दा करिब ७ अर्वको हाराहारीको रकम वर्षेनी बाहिरिने गरेको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले जानकारी दिए । सरकारको फलफूलको आयातमा भन्सार मुल्याकंन बढाएकोले लागत बढेको उनले बताए ।

‘देशभित्रैको उत्पादनले धान्दैन, आयात गर्नुपर्ने अवस्थामा भन्सार बढाएर उपभोक्तालाई नै मार पर्ने हो’, उनले भने । यस वर्ष वर्षातका कारण फलफूल उत्पादन समेत घटेकाले आयात बढ्ने उनको भनाई छ ।


Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सञ्चालक
नोवस मिडिया ग्रुप प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

              © 2016 - 2025 | Novus Media Group Pvt.Ltd. | All Rights Reserved.