Naya Media
आइतवार, फाल्गुन ३, २०८२
| | February 15, 2026
आइतवार, फाल्गुन ३, २०८२

‘नेपालिक्स–२०१९’ झुटाे रहेकाे आईएमई ग्रुपका अध्यक्ष ढकालकाे दाबि, स्विस बैंकमा आफ्नो पैसा भए जफत गर्न चुनाैती

User Photo शुक्रबार, माघ ४, २०७५

आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले खोज पत्रकारिता केन्द्र(खोपके)को रिपोर्टप्रति आपत्ति जनाएका छन् । खोज पत्रकारिता केन्द्रले भनेजस्तो स्विस बैंकमा आफ्नो कुनै खाता नभएको भन्दै अध्यक्ष ढकालले आपत्ति जनाएका हुन् । बिहीबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष ढकालले कुनै पनि ट्याक्स हेभन (कर छली) मुलुकबाट आफूले कुनै लगानी नभित्र्याएको दाबी गरे ।

खोपकेले बुधबार सार्वजनिक गरेको ‘नेपालिक्स–२०१९’ मा आफ्नो नाम जोडिएपछि ढकालले त्यसको खण्डन गर्दै आपत्ति जनाएका हुन् । सेन्टर फर इन्भेस्टिगेटिभ जर्नालिज्म (सीआईजे) नेपालमार्फत तयार गरी सञ्चारमाध्यममा सार्वजनिक भएका केही समाचारमा आफ्नो नाम जोडिएको भन्दै उनले त्यसको खण्डन गरेका हुन् ।

उनले ट्याक्स हेभन मुलुकमा आफ्नो कम्पनीसमेत दर्ता नगरेको बताए । ‘प्राडाइज पेपर, पनामा पेपर र स्विस लिकमा हामी र हामीसँग सम्बन्धित कुनै पनि कम्पनीको नाम कहीँकतैबाट जोडिएको छैन’, उनले भने । बेलायतमा कम्पनी खोलिएको विषयमा उनले राष्ट्र बैंकबाटै स्वीकृति लिएर खोलेको बताए । खोपकेले गरेको दाबीअनुसार स्विस बैंकमा आफ्नो पैसा भए सरकारलाई जफत गर्नसमेत उनले आग्रह गरे ।

खोपकेको टिमले खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दि इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट(आईसीआईजे)सँगको सहकार्यमा एक वर्ष लगाएर गरेको खोजमा विभिन्न ५५ जना नेपालीको स्विस बैंकमा पैसा रहेको खुलासा गरेको थियो । सो खोजले अवैध धनको ओसारपसार कसरी भइरहेको छ र यसमा कोको छन् भन्ने खुलासा गरेको छ । खोपकेको खुलासाअनुसार स्विस बैंकमा नेपालीको ५२ अर्ब रुपैयाँ रकम रहेको छ ।

‘पनामा पेपर्स’ सन् २०१५ मा इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस (आईसीआईजे)ले सार्वजनिक गरेको खुलासा हो । यो खुलासा जर्मनीको पत्रिका ‘जुटच जाइटुङ’बाट प्राप्त लाखौं गोप्य प्रतिवेदन र सूचनाबाट निकालिएका निष्कर्षहरू हुन् । १ करोड १० लाखभन्दा बढी प्रतिवेदनमा इमेल रकम पठाएको प्रमाण तथा कम्पनी दर्तासम्बन्धी विवरण समावेश छन् । मध्य तथा दक्षिण अमेरिकालाई जोड्ने पनामा देशमा अफसोर अर्थात् बाह्य मुलुकमा सेल कम्पनी दर्ता गराइदिने बिचौलिया एजेन्ट कम्पनी मोसेक फोन्सेका र उसले सन् १९७७ देखि २०१५ सम्म गरेका भित्री कामबारे पनामा पेपर्सले खुलासा गरेको थियो ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.