Naya Media
सोमवार, असार २९, २०८३
| | July 13, 2026
सोमवार, असार २९, २०८३

सिन्धुपाल्चोकमा पहिरोले पुरिएर १० जनाको मृत्यु

User Photo सोमवार, साउन १९, २०७७
काठमाण्डाै ।

सिन्धुपाल्चोकमा पहिरोले पुरिएर १० जनाको मृत्यु भएको छ। मेलम्ची बजारमा गएराति गएको पहिरोमा परी बेपत्ता भएका ८ जनाकै शव फेला परेको हो। शव भेटिएपनि पहिचान हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले बताए।

मेलम्चीको कभर्ड हल निर्माण कार्यमा खटिएका मजदुर बसेको घरमा खसेको पहिरोले पुर्दा ९ जना बेपत्ता भएका थिए। पहिरोले पुरिएका भारत बेतीया घर भएका बारू शाहलाई सुरक्षाकर्मीको टोलीले जीवित उद्वार गरेको थियो। शाहको प्राथमिक स्वास्थ्य केन्द्र मेलम्चीमा उपचार भइरहेको छ।

पहिरोले भारत बेतीयाका ४२ राजेन्द्र चौरसीया, वीरगंजका ३५ वर्षीय प्रदिप चौरसीया, बारा सिमराका २१ वर्षीय राजेश चौधरी, २५ वर्षीय बिक्रम थिंग, २३ वर्षीय मानबहादुर रूम्बा, २० वर्षीय सिमन घ्लान, २१ वर्षीय शिबबालक धामी र १७ वर्षीय सोनम लामा सुतेका थिए।

थाङ्पाल गाउँपालिका श्रीमान- श्रीमती मृत्युपाँचपोखरी थाङ्पाल गाउँपालिका -२, बरूवामा पहिरोले पुरिंदा दुई जनाको मृत्यु भएको छ। घरमा सुतिरहेको अवस्थामा पहिरोले पुर्दा श्रीमान-श्रीमतीको मृत्यु भएको हो।

पहिरोले पुरिएर ५० वर्षीय यज्ञबहादुर कस्तरी र उनकी ४८ वर्षीया श्रीमती लक्ष्मी शिलवालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.