
कैलालीको मोहन्याल -३ राँगामलेखामा नदि तर्ने क्रममा एक जना कर्णाली नदिमा बेपत्ता भएका छ्न । राँगामलेखा निवासी धर्म सिङ बिक (लटे बाजे ) कर्णाली नदि तर्ने क्रममा बेपत्ता भएको स्थानीयले बताएका छ्न । गत वर्ष सोहि ठाउमा डुङ्गा डुबेर १० जना बेपत्ता भएका थिए । उक्त ठाउँमा मानिसहरु वारपार गर्न अहिले पनि वारपार गर्न डुङ्गा प्रयोग गर्ने गर्दछ्न ।
उक्त ठाउमा झोलुङ्गे पुल निर्माण कार्य प्रक्रिया अगाडि बढेको छ । थानी निर्माण सेवा सङ्ग गत बैसाखमा निर्माण सम्झौता भएको छ । निर्माण कम्पनीले भने पुलमा प्रयोग हुने लठ्ठा सरकारले उपलब्ध गराएमा २ महिना भित्र पुल निर्माण गरि सक्ने दाबी गरेको छ । पुलको बेसमेट निर्माण भने भइ सकेको छ ।