Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

सयौं भारतीय नेपाल आएर कोसी बाँधमा काम गर्न थाले, स्थानियकाे विराेध

User Photo मङ्लबार, बैशाख २३, २०७७
काठमाण्डाै ।

नेपाल-भारत सीमानाका बन्द रहेका बेला सयौं संख्यामा भारतीय नेपाल आएर कोसी बाँधमा काम गर्न थालेका छन्। कोसी बाँधको काम सुरु भएसँगै सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका-१२ का बासिन्दा विरोधमा उत्रिएका छन्।

स्वास्थ्य र सुरक्षाका कुनै पनि मापदण्ड पूरा नगरी भारतीय र अन्यत्र जिल्लाका मजदुर ल्याएर कोरोना भित्र्याउन खोजेको भन्दै उनीहरूले सडक अवरुद्ध पारे।

हनुमाननगर कंकालिनी नगरपालिका-१२ का मो. साबिरले भने, ‘हामीले आफ्नै ठाउँमा सीप प्रयोग गर्न पाएका छैनाैँ, बालबालिका भोकै छन् तर सीमापारिबाट हुल बाँधेर आएका भारतीय काम गरिरहेका छन्।’ कोरोनाको भयले आवतजावत गर्ने डुंगासमेत बन्द गरिँदा माछा मार्ने काम ठप्प भएको जनाउँदै उनले बाँधको स्पर मर्मतका लागि भारतीय मजदुर ल्याएर कोरोना भित्र्याइरहेको आरोप लगाए। कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका निम्ति अपनाउनुपर्ने सामान्य सतर्कतासमेत नअपनाई भारतीय ठेकेदारले काम गरिरहेकोे भन्दै स्थानीय सूर्यनारायण मण्डलले विरोध जनाए।

कोसी बाँधको पूर्वतर्फ मर्मतका लागि कर्मचारी तथा मजदुर भारततर्फबाट आई मर्मत गर्न/गराउन सहजीकरणका लागि भारतीय पक्षले वैशाख ६ गते अनुरोध गरेको थियो। जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयको सर्त पालना गर्ने/गराउने व्यवस्था मिलाई मर्मत गर्न अनुमति दिएपछि बाँधको काम सुरु भएको हो। याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.