Naya Media
सोमवार, जेष्ठ ११, २०८३
| | May 25, 2026
सोमवार, जेष्ठ ११, २०८३

स्थानीय तहसँग हातेमालो गर्दै र्‍याच फेमिली ट्रष्ट

User Photo शुक्रबार, जेष्ठ २३, २०७७
झापा ।

विश्वभर फैलिएको कोरोना भाइरसले विश्व नै आक्रान्त पारेर मुलुक गत चैत११ देखि निरन्तर बन्दाबन्दी भएको अवस्थामा छ । यस बन्दाबन्दिको अवस्थामा दैनिक ज्यालादारी गरी खाने श्रमिकवर्ग, असक्त, अपाङ्गता भएका व्यक्ति र अतिविपन्न परिवार भोकभोकै रहनु नपरोस् भनी एक सामाजिक संस्थाले झापाको बुद्धशान्ति गाउँपालिकालाई आफ्ना नागरिकलाई बाड्न राहत स्वरुप खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।

र्‍याच फेमिली ट्रष्ट नामक सामाजिक संस्थाले शुक्रबार राहत हस्तान्तरण गरेको छ । गाउँपालिकामा नै गएर बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेललाई सितारमेश बहुमुखी क्याम्पसका प्रमुख तथा संस्थाका झापा प्रतिनिधि केशब ढुंगेलले हस्तान्तरण गरेका थिए ।

नबिना विश्वकर्मा

खाद्यान्न सामाग्री गाउँपालिकाले तय गरे बमोजिमको चामल, तेल, नुन, दाल, साबुन रहेको सितारमेश क्याम्पस बुद्धशान्तिका प्रमुख तथा संस्थाका झापा प्रतिनिधि ढुंगेलको भनाई छ । जुन प्रती परिवार २५ केजिका दरले ६५ परिवारलाई पुग्ने जनाईएको छ ।

खाद्यान्न सामाग्री बुझ्दै गाउँपालिका अध्यक्ष भुजेलले संस्थाको खुलेर प्रशंसा गरेका थिए । उनले बन्दाबन्दिको अवस्थामा दैनिक ज्यालादारी गरी खाने श्रमिकवर्ग, असक्त, अपाङ्गता भएका व्यक्ति र अतिविपन्न परिवारलाई केही मात्रामा सहज होस् भनेर सहयोग गरेकोमा धन्यवाद दिएका थिए । उनले सामग्री बुझ्दै उक्त राहत सामाग्री वडागत रूपमा बितरण गर्ने बताएका छन् ।

स्थानीय सरकारलाई राहत वितरणमा थोरै भएपनि सहयोग पुग्ने र आफुपनि बुद्धशान्तिकै नागरिक भएको कारणले आफ्नै गाउँठाउँमा सहयोग गर्न पाउँदा खुसी भएको र्‍याच फेमिली ट्रष्टकि निर्देशक नबिना विश्वकर्माले बताएकी छिन् । उनले यस राहत कार्यक्रममा बित्तीय सहयोग पुर्याउने र्‍याच फेमिली ट्रष्टका सिईओ रबि रोचलाई विशेष धन्यवाद दिएकि थिईन ।

उनले यसअघि पनि संस्थाले नेपाल, भारत , पाकिस्तान, माल्दिप्स् लगायतका देशहरुमा सहयोग गरि सकेको र आगामी दिनमा समेत गर्दै लैजाने बताएकि छिन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.