
विश्वभर फैलिएको कोरोना भाइरसले विश्व नै आक्रान्त पारेर मुलुक गत चैत११ देखि निरन्तर बन्दाबन्दी भएको अवस्थामा छ । यस बन्दाबन्दिको अवस्थामा दैनिक ज्यालादारी गरी खाने श्रमिकवर्ग, असक्त, अपाङ्गता भएका व्यक्ति र अतिविपन्न परिवार भोकभोकै रहनु नपरोस् भनी एक सामाजिक संस्थाले झापाको बुद्धशान्ति गाउँपालिकालाई आफ्ना नागरिकलाई बाड्न राहत स्वरुप खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।
र्याच फेमिली ट्रष्ट नामक सामाजिक संस्थाले शुक्रबार राहत हस्तान्तरण गरेको छ । गाउँपालिकामा नै गएर बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेललाई सितारमेश बहुमुखी क्याम्पसका प्रमुख तथा संस्थाका झापा प्रतिनिधि केशब ढुंगेलले हस्तान्तरण गरेका थिए ।

नबिना विश्वकर्मा
खाद्यान्न सामाग्री गाउँपालिकाले तय गरे बमोजिमको चामल, तेल, नुन, दाल, साबुन रहेको सितारमेश क्याम्पस बुद्धशान्तिका प्रमुख तथा संस्थाका झापा प्रतिनिधि ढुंगेलको भनाई छ । जुन प्रती परिवार २५ केजिका दरले ६५ परिवारलाई पुग्ने जनाईएको छ ।
खाद्यान्न सामाग्री बुझ्दै गाउँपालिका अध्यक्ष भुजेलले संस्थाको खुलेर प्रशंसा गरेका थिए । उनले बन्दाबन्दिको अवस्थामा दैनिक ज्यालादारी गरी खाने श्रमिकवर्ग, असक्त, अपाङ्गता भएका व्यक्ति र अतिविपन्न परिवारलाई केही मात्रामा सहज होस् भनेर सहयोग गरेकोमा धन्यवाद दिएका थिए । उनले सामग्री बुझ्दै उक्त राहत सामाग्री वडागत रूपमा बितरण गर्ने बताएका छन् ।
स्थानीय सरकारलाई राहत वितरणमा थोरै भएपनि सहयोग पुग्ने र आफुपनि बुद्धशान्तिकै नागरिक भएको कारणले आफ्नै गाउँठाउँमा सहयोग गर्न पाउँदा खुसी भएको र्याच फेमिली ट्रष्टकि निर्देशक नबिना विश्वकर्माले बताएकी छिन् । उनले यस राहत कार्यक्रममा बित्तीय सहयोग पुर्याउने र्याच फेमिली ट्रष्टका सिईओ रबि रोचलाई विशेष धन्यवाद दिएकि थिईन ।
उनले यसअघि पनि संस्थाले नेपाल, भारत , पाकिस्तान, माल्दिप्स् लगायतका देशहरुमा सहयोग गरि सकेको र आगामी दिनमा समेत गर्दै लैजाने बताएकि छिन् ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द