
झापाको बुद्धशान्ति -६ मा सामाजिक काममा याेगदान पुर्याउने उद्देश्यका साथ क्लबको गठन भएकाे छ । परिवर्तन सम्भव छ र परिवर्तन हामीमा निहित छ भन्ने मुल नाराका साथ शनिबार बुद्धशान्ति – ६ स्थित गौडामा स्थानीय युवाहरुको एक भेलाले दिनेश लेप्चाको अध्यक्षतामा ”परिवर्तनका लागि युवा” नामक एउटा सामाजिक क्लब गठन गरेको हाे ।
समितिको महासचिवमा दिपेन थापा मगर, कोषाध्यक्षमा कन्चन सार्की, सचिवमा बाबुल दाहाल रहेका छन् । त्यस्तै सदस्यमा निश्चल निरौला, साहिल बस्नेत, बिपिन बस्नेत, प्रज्वल भट्टराई र गिता मगर रहेका छन् ।
क्लबले गर्ने मुख्य कामहरू
- समाजमा हुने हरेक सामाजिक परिवर्तन र रुपान्तरणको नेतृत्व लिने
- समाज सुधारका कार्यक्रमहरु समय परिस्थिति र अनुकुलता मिलाएर विभिन्न समयमा सरोकारवला पक्ष संग छलफल गरि तय गर्ने
- बिकास निर्माण र स्थानीय जन सरोकारका मुद्दालाई प्राथमिकता दिदै युवाहरुलाई त्यस्ता कार्यक्रममा सम्हाहित भई अग्रसरता लिने
- समाजमा हुने हरेक असामाजिक कृयाकलापहरुको सहजीकरण गर्न स्थानीय निकाय र प्रशासन संग समन्वयात्मक भुमिका खेली नेतृत्वदाइ भुमिकामा बस्ने
- स्थानीय धर्म, संस्कृति, ईतिहास,प्राकृतिक सम्पदाको संरक्षकत्व, सार्बजनिक सम्पत्तिको सुरक्षा तथा समाजको सामाजिक बनोटको संरक्षणका निमित्त विभिन्न कार्यक्रम सन्चालन तथा विभिन्न सामाजिक जनचेतनाका कार्य गर्ने
- स्थानीय बजार,पर्यटकिय स्थल, खेलकुदका गतिविधि तथा पर्यावरनको ब्यवस्थित ब्यवस्थापन तथा बजारिकरण का निमित्त कार्ययोजना तय गरि समय समयमा बस्तुस्थितिको समेत अवलोकन गरि कार्यक्रम तर्जुमा गरि कार्यान्वयनमा ल्याउने
- ब्यवसायिक कृषिखेतिका निमित्त झापाको एक उर्बर भुमिको रुपमा परिचित शान्तिनगरमा कृषिमा आधारित जनशक्तिलाई समय सुहाउँदो प्रबिधी र उत्पादन प्रणाली सम्बन्धमा तालिम तथा प्रबिधिको उपलब्धताका निमित्त समन्वयात्मक कार्यगरि सहजीकरण गर्ने
- स्थानीय स्तरमा रोजगारिको अवसर सृजना गर्न होटेल रेटुरेन्ट, साहसिक पर्यटकिय खेल जस्तै रक क्लाईबिङ, बन्जी जम्प जस्ता कार्यहरुको पहिचान गरि सम्भावना पहिल्याई अग्रसरता लिने
- विभिन्न समयमा देखिएका महामारी लगायतका भैपरि आउने विभिन्न प्राकृतिक प्रकोप लगायतका महामारीमा सहयोग जुटाउने कार्य देखि उद्दारका कार्य गर्ने
- स्थानीय स्तरमा व्यापक युवा जनसहभागिता मार्फत भबिस्यमा बुद्धशान्ति गाउँपालिकाको मात्र नभै देशकै एउटा नमुना गाउँको रुपमा अग्रसर गर्ने तथा निर्माण गर्ने !
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द