Kanoon Post
बुधबार, चैत्र १२, २०८१ | March 26, 2025 |
बुधबार, चैत्र १२, २०८१
Advertisement

सप्तरीमा कोरोना संक्रमित महिलाको मृत्यु

User Photo
आइतवार, भदौ १४, २०७७
काठमाण्डाै ।

सप्तरीमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका वडा नम्बर–२ तेतरीगाछी निवासी ६५ वर्षीया महिला छिन् ।

बिरामी भएपछि शुक्रबार गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी उनको तत्कालै स्वाब संकलन गरिएको थियो । उनको स्वाबको रिपोर्ट शनिबार साँझ पोजेटिभ आएको थियो ।


advertisement

तर शनिबार राति ८ बजेतिर उपचारकै क्रममा सास फेर्न गाह्रो भएपछि ती महिलालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो । धरानतर्फ लग्ने क्रममा बाटोमै उनको मृत्यु भएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिए ।

योसँगै सप्तरीमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृतकमध्ये ५ जना सदरमुकाम राजविराजकै छन् भने एक जना रुपनी गाउँपालिकाका हुन् ।


User Photo

नयाँ मिडिया डट कम एक्टिभ प्रेस प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

सम्बन्धित समाचार


सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2025 Active Press Pvt.Ltd. All Rights Reserved.