Naya Media
शनिबार, माघ ३, २०८२
| | January 17, 2026
शनिबार, माघ ३, २०८२

पोखरी मासेर उद्यान

User Photo
आइतवार, अशोज २१, २०७५

वरपरका घर र अस्पतालका शौचालयबाट बगेर आउने दिसापिसाब र ढलका कारण माईराम पोखरी क्षेत्र फोहोर थियो। यही क्षेत्र अहिले सुन्दर हरियाली उद्यानमा परिणत भएको छ। स्थानीयले जग्गा अतिक्रमणसमेत गर्ने क्रम बढेपछि पोखरी पुरेर वीरगन्ज महानगरपालिकाले झन्डै ४ करोड रुपैयाँ लगातमा वीरगन्ज उद्यान निर्माण गरेको हो।

महानगरका अनुसार आदर्शनगरस्थित हरिखेतान बहुमुखी क्याम्पस अगाडि पोखरीको जग्गा चार बिघा १३ कट्ठा थियो। तर, स्थानीयले अतिक्रमण गरी निजी भवन र अस्पताल बनाउन थालेपछि १५ कट्ठा मात्र बाँकी रहेको जनाइएको छ।पोखरीको अस्तित्व मेटिने अवस्था आएपछि ३ करोड ९८ लाख ८१ हजार रुपैयाँ लागतमा उद्यान निर्माण गरिएको महानगरपालिकाले जनाएको छ।

मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार योजनाअन्तर्गत पोखरीमा उद्यान निर्माण गरिएको हो। उद्यान शनिबारदेखि सञ्चालनमा आएको छ। उद्यान परिसरमा आयोजित कार्यक्रममा वीरगन्जका मेयर विजयकुमार सरावगीले उद्घाटन गरे।

अस्तित्व नै मेटिने अवस्थामा पुगेपछि महानगरपालिकाले पोखरी पुरेर उद्यान बनाएको मेयर सरावगीले सुनाए। ‘उद्यानको डिजाइन गर्दा १५ कट्ठा मात्र जग्गा बचेको थियो, चार कट्ठा थपेर उद्यान बनाइएको हो’, उनले भने, ‘अझै तीन बिघाभन्दा बढी जग्गा अतिक्रमणमै छ। त्यो जग्गा खोजी गर्ने काम पनि सुरु भइसकेको छ। अतिक्रमण हटाएर त्यो जग्गामा पनि उद्यान विस्तार गरिन्छ।’

महानगरपालिकाले नै सञ्चालनमा ल्याएको उद्यान सार्वजनिक–निजी साझेदारी मोडेलमा अघि बढाइने जनाइएको छ। ‘तत्कालका लागि महानगर आफैंले उद्यान सञ्चालनमा ल्याएको छ’, उनले भने, ‘तर, केही दिनभित्र थप सेवा–सुविधाको प्रबन्ध मिलाएर सञ्चालन जिम्मा निजी क्षेत्रलाई दिने तयारी छ।’


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.