Naya Media
शनिबार, बैशाख १२, २०८३
| | April 25, 2026
शनिबार, बैशाख १२, २०८३

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष देवकोटासहितकाे रिहाइको माग गर्दै पूर्वपश्चिम राजमार्ग चक्काजाम

User Photo बिहिबार, असार १९, २०७६
कैलाली ।

ब्यापारीहरुले अत्तरियामा एक घण्टा चक्काजाम गरेका छन् । अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटासहितका तीनजना व्यापारीको रिहाइको माग गर्दै उनीहरुले पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरेका हुन् ।

प्रहरीले बुधबार विहान पत्रकार सम्मेलन गरिरहेकाबेला अध्यक्ष देवकोटासहित तीन जनालाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुलाई सार्वजनिक हितविरुद्धको कसुर अन्र्तगत गोदावरी नगरपालिकाले दर्ता गरेको मुद्दामा पक्राउ गरेको जनाएको छ ।

नगरपालिकाले अध्यक्ष देवकोटा सहितका ८ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । गत असार १० गते नगरसभामा उद्योग वाणिज्य संघलाई आफ्नो भनाइ राख्न नदिएको भन्दै अध्यक्षसहित केही व्यापारीले बिरोध जनाएका थिए ।

बाँकी रहेका पाँचैजना आफै जिल्ला प्रहरी कार्यालय कैलाली पुगेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदिप गिरीले अत्तरिया उद्योग बाणिज्य संघका सचिव शंकर खड्का, सदस्य रवीन्द्र खनाल र व्यवसायीहरु रमेश बोगटी, मोहन पाठक र केशव नौन्याल भने आफै जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएको बताए ।

उनले बुधबार पक्राउ परेकाहरुलाई सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जानकारी दिदै आफै उपस्थित भएकाहरुको समेत बयानका लागि बिहीबार म्याद थप गराइने बताए ।

यसैबीच कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले प्रेश विज्ञप्ति जारी गर्दै गोदावरी नगरपालिका र अत्तरिया उद्योग बाणिज्य संघ सहमतिमा गएर छलफलबाट समस्या समाधान गर्नु पर्ने बताएका छन् ।

यस्तै, डडेल्धुरा उद्योग बाणिज्य संघका अध्यक्ष लोकराज भट्टले पनि विज्ञप्ति प्रकाशित गरी पक्राउ परेका ब्यापारीहरूलाई निशर्त रिहाइ गर्न माग गरेका छन् ।


Photo

नयाँ मिडिया डट कम नोवस मिडिया ग्रुप प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.