Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

रुखबाट खसेर हात र खुट्टा भाँचिएकी सपनाको गरिबीका कारण उपचारमा समस्या,सहयोगको लागी अपिल

श्रीमती र छोरीलाई अस्पतालमै छोडेर गाउँमा सहयोग माग्दै बुवा

User Photo सोमवार, पुस ७, २०७६
लम्की, कैलाली ।

रुखबाट खसेर दायाँहात र बायाँखुट्टा भाँचिएकी सपना महताराको गरिबीका कारण उपचारमा समस्या भएको छ । आर्थिक अवस्था कमजोर भएकोले उपचारमा समस्या भएको हो ।

लम्कीचुहा नगरपालिका ६ चैनपुरमा बस्ने १८ बर्षिय सपना बाख्रालाई घाँस काट्न चरैला जंगलमा गएको बेला मंसिर १३ गते रुखबाट खसेर दुईहात एक खुट्टा भाँचिएको उनका बुवा धन बहादुर महताराले बताए ।

उपचारकै क्रममा रिण निकालेको ५ लाख कोहलपुर अस्पतालमा खर्च भइ सकेको छ । बाँया खुट्टाको घुडाको हड्डी रुखबाट खस्दा जंगलमै हराएकोेले नयाँ फेर्नको लागि ४ लाख जम्मा गर्नुपर्ने रकम नहुँदा उपचारमा समस्या भएको धन बहादुरले बताए । श्रीमतीको साथमा छोरीलाई अस्पतालमै छोडेर गाउँमा सबैसँग सहयोग माग्दै हिडेको छु ।

आज ४ दिन भयो १५ हजार भन्दा बढी जम्मा भएको बताउँदै गाउँमा सहयोग जुटाइदिन अनरोध गर्दै आईतबार अस्पताल जान थालेको बताए । गरिबीबाट केही सहज होला भनेर दुईबर्ष साउदीमा काम गरेर आउँदा पनि दुख उस्तै रहेको गुनासो पोखे । काठमाण्डौंमा मज्दूरी गर्न गएको थिए छोरी रुखबाट खसेपछि उपचार कसरी गर्ने भन्ने पीडाले सताएको उनी बताउँछन् । सहयोग गर्नको लागि ९८४०६३९५३४ मा सम्पर्क गर्न सकिने महताराले बताए ।

बिहान खाना खाएर बाख्रालाई घाँस काट्न आमा र छोरी संगै गएका थियौ । छोरी रुखमा गई म जमिनमा थिए एक्कासी छोरी रुखबाट मेरै नजिक खसी छोरीको शरीरबाट रगत बग्न थाल्यो रगत देखेपछि आफू बेहोस भएको आमा दिब्या महताराले बताईन् । सपनाको छिमेकी साथी भावना बुढा पनि जंगलमा गएकोले गाउँमा खबर गर्न आएको भावनाले बताईन् । अटो रिक्सामा ल्याउन असजिलो भएपछि टयाक्टरमा राखेर गाउँसम्म ल्याएको उनले बताईन् । जंगलबाट गाउँसम्म पुगाउँदा धेरै रगत बगेको थियो ।

महिला जागरण केन्द्र नेपालकी अध्यक्ष बिस्ना बिसी सपनाले आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा केही सहज होस् भनेर मानवीय भावनाका साथ गाउँघरमा पैसा सहयोग उठाउन लागेको बताउँदै सबैलाई सहयोग गरीदिन अनुरोध गरिन् । मानिसलाई समस्या परेको बेला सहयोग गर्नुपर्छ भनेर सहयोगी भूमिका खेलीरहेको सरुदेवी पाण्डेले बताईन ।

श्री जनता माध्यामिक विद्यालय चौंरीपुर बलियामा कक्षा १० मा अध्यनरत विद्यार्थी सपनाको उपचारको लागि विद्यालयबाट सहयोग संकलन गर्ने काम भएको शिक्षक रोशन बोहराले बताए ।

अहिले सम्म लम्कीचुहा नगरपालिका बाट ५ हजार, रोकाया समाज बाट ७ हजार, महतारा समाज बाट ३ हजार ६ सय, श्री शम्भु सुनन्दा सामुदायिक बन चैनपुरबाट ५ सय र केही समाजका व्यक्तिबाट गरी १५ हजार बढी सहयोग जम्मा भएको सपनाका बुवा धन बहादुरले बताए ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.