Naya Media
मङ्लबार, जेष्ठ १२, २०८३
| | May 26, 2026
मङ्लबार, जेष्ठ १२, २०८३

प्याब्सन लम्की चुहाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न

नगरप्रमुखकाे निजि बिद्यालय बन्द गर्छु भनी दिएको अभिव्यक्ति प्रती आपत्ती

User Photo आइतवार, पुस २०, २०७६
लम्की, कैलाली ।

निजि तथा आवासीय बिद्यालय संगठन नेपाल(प्याब्सन ) स्थानिय पालिका कार्यसमिति लम्की चुहाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । प्याब्सन लम्की चुहाका अध्यक्ष गोबिन्द शाहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि प्याब्सन केन्द्रिय उपाध्यक्ष जगबिर थापा रहनु भएको थियो ।

साधारणसभामा बोल्दै प्रमुख अतिथि थापाले लम्की चुहा प्याब्सनको प्रसंशा गर्दै आगामी दिनमा पनि निजि बिद्यालयहरु एक भएर अगाडि बढनु पर्ने बताउनु भयो ।केन्द्रिय प्याब्सनको तर्फबाट हुने सहयोग गर्ने बताउनु भयो । प्याब्सन प्रदेश नम्बर ७ का सचिव डिल्लिराम बोहराले बिगतका दिनमा लम्किका निजि बिद्यालय एक आपसमा पहिला बाझिएको अबस्था रहेको कुरा उल्लेख गर्दै अहिले संगठित भएकोमा लम्की क्षेत्रका बिद्यालयलाई धन्यवाद दिनु भयो ।

प्याब्सन कैलाली अध्यक्ष डिल्लिराज रेग्मीले अहिले राज्यले निजि बिद्यालयलाई हेर्ने दृष्टिकोण नराम्रो रहेकाले आगामी दिनमा प्याब्सन हिम्मतका साथ अगाडि बढनु पर्ने बताउनु भयो । प्याब्सन सुदुरपश्चिम बरिस्ठ सल्लाहकार सिबि चन्द,प्याब्सन केन्द्रिय सदस्य हरि रेग्मी,प्याब्सन केन्द्रिय सदस्य ललित पन्त ,प्याब्सनका केन्द्रिय सदस्य दिपक सिंह, कैलाली जिल्ला प्याब्सन उपाध्यक्ष दयाराम सन्ज्याल लगायतकाले बोल्नु भएको थियो ।

कार्यक्रममा बोल्ने धेरै बक्ताहरुले केही समय अगाडी लम्की चुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाईले निजि बिद्यालय बन्द गर्छु भनी दिएको अभिव्यक्ति प्रती आपत्ती जनाएका थिए । प्याब्सन स्थानिय पालिका कार्यसमिति लम्की चुहाका उपाध्यक्ष मोहन ढुंगानाको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको संचालन प्याब्सन स्थानिय पालिका कार्यसमिति लम्की चुहा सचिव भुपेन्द्र तिमिल्सेनाले गर्नु भएको थियो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.