रमित पाण्डे लम्की
कैलालीको लम्किचुहा नगरपालिका १ लम्किमा रहेको लम्की बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्यायनरत बिद्यार्थीहरु लाई स्वागत गरिएको छ । आज एक कार्यक्रमका बिच स्वागत गरिएको छ ।
स्वतन्त्र विद्यार्थी युनियन लम्की बहुमुखी क्याम्पस सभापति ललित जैशिको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी क्याम्पस सहायक प्रमुख महेश बिक्रम थापा रहनु भएको थियो भने कार्यक्रमको बिशिस्ट अतिथिमा पुर्व क्याम्पस प्रमुख सरोज कुमार शाह र गणेश न्यौपाने रहनु भएको थियो । कार्यक्रममा प्राध्यापक संघ सभापति गिता साउद लगायत शिक्षकहरु लोकेश खनाल,शिव काफ्ले लगायत विद्यार्थी संगठनका नेताहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा भुमिका रिमाल,सुन्दर शाही,कृष्ण उपाध्याय लगायतका बिद्यार्थीहरुले विभिन्न प्रतिभा देखाएका थिए । स्वतन्त्र विद्यार्थी युनियन उप सभापति हेमराज धमालाको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको संचालन रमित पाण्डे र प्रमिला आचार्यले गरेका थिए ।
काठमाण्डाै ।
ताजा अपडेट
-
१
-
२
-
३
-
४
-
५
ट्रेन्डिङ पोष्ट
