लम्की चुहा नगरपालिका भित्रकाे अतिक्रमित सडक खाली गरिने

आइतवार, फाल्गुन ४, २०७६, लम्की । 

पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने लम्की चुहा नगरपालिका भित्र हाईवेमा पर्ने सडक खाली गर्न लम्की चुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाईले संचारकर्मी हरु सङ्ग छ्लफल गर्नु भएको छ ।

लम्की चुहा क्षेत्रमा रहेका सक्रिय संचारकर्मी सङ्ग कसरी अगाडि बढने भन्ने कुरामा छ्लफल भएको हो । राजमार्गमा सिमानामा राखिएका ठेलागाडा,घरका पाली पाल्की हटाउने,खोला नालामा बनाइएका संरचना भत्काउने बताउनु भयो । छ्लफलमा पत्रकार लिला जङ्ग शाहिले कुनै बेला सडक बिस्तारमा चर्चामा रहेको कुरा स्मरण गर्दै अब नगरपालिका ठोस रुपमा अगाडि बढनु पर्नेमा जोड दिनु भयो ।

पत्रकार नवराज खनालले राजमार्गमा राखिएका ब्यापारीका ब्यापारीक प्रयायोजनको लागि राखिएको सामान एक नम्बरमा हटाउनु पर्ने बताउनु भयो । नगर प्रमुख बजगाईले दुर्घटना न्यूनीकरण गर्न चिसापानी देखि चुहा सम्म मुख्य मुख्य चोकमा सिसि क्यामेरा जोडने बताउनु भयो ।

यो सामाग्री पढेर तपाईलाई कस्तो महसुस भयो ?

रमित पाण्डे

नयाँ मिडिया डट कम वाचडग मिडिया एण्ड डेप्थ रिपार्टिङ प्रालिद्वारा सञ्चालित नेपाली भाषाको मल्टिमिडिया समाचार पोर्टल हो। यस प्रालि द्वारा मध्य तथा सुदुर पश्चिम केन्द्रित समाचार पोर्टल अपिखबर डटकम पनि सञ्चालनमा छ। साथै चाैविसै घण्टा लाइभ प्रसारण हुने नयाँ मिडिया- अनलाइन रेडियाे र नयाँ टिभी पनि सञ्चालनमा छन । साथै हाम्रा भिडियाे सामाग्रीहरू युट्युव च्यानल नयाँ मिडिया (Naya Media) मा पनि अर्काइभका रूपमा रहन्छन ।

View more articles by: रमित पाण्डे

रमित पाण्डे

सोमवार, चैत्र ९, २०७७ (March 22, 2021, 1:45 pm) मा द्वारा प्रदेश नं- ७ अन्तर्गत प्रकाशित

प्रतिकृया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *


फेसबुकबाट प्रतिक्रिया

भर्खरै