Kanoon Post
शुक्रबार, बैशाख २१, २०८१/ May 3, 2024,
शुक्रबार, बैशाख २१, २०८१

कैलालीको क्याम्ब्रिज ईङ्ग्लिस बोर्डिङ्ग स्कुलको आठौ वार्षिकोत्सव सम्पन्न

काठमाण्डाै ।

कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ४ बलियामा रहेको क्याम्ब्रिज ईङ्ग्लिस बोर्डिङ्ग स्कुलको आठौ वार्षिकोत्सव तथा अभिभावक दिवस २०७६ एक कार्यक्रमका बिच सम्पन्न भएको छ । विद्यालय संचालक समिती अध्यक्ष बिर्ख बिष्टको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी नाष्ट कलेज धनगडिका प्रमुख शिवहरी मुडभरी रहनु भएको थियो । विशिष्ट अथिथी प्याब्सन राष्ट्रिय सहअध्यक्ष जगबिर थापा रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुडभरिले निजि बिद्यालयको भुमिका शिक्षा क्षेत्रमा महत्वपूर्ण रहेको बताउनु भयो । २०६८ सालमा स्थापना भएको क्याम्ब्रिजको शिक्षा क्षेत्रमा उल्लेख्य भुमिका छ । बिद्यालयले आगामी दिनमा छिट्टै +२ संचालन ल्याउने तयारी रहेको प्रिन्सिपल मोहन ढुंगानाले बताउनु भयो ।
कार्यक्रम देउडा गाईका पश्चिमा बम लगायत बिद्यार्थी हरुले विभिन्न प्रतिभा देखाएका थिए ।
बिद्यालयका भाईस पृन्सिपल सिर्जना बोहोरा को स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको संचालन बिद्यालयका प्रिन्सिपल मोहन ढुंगाना र शिक्षक नवराज भट्टले गर्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading