कैलालीको लम्किमा रहेको उज्यालो शिक्षा सदन माध्यामिक विद्यालयको ८ औ वार्षिक उत्सव सम्पन्न भएको छ । बिद्यालय व्यावस्थापन समितीका अध्यक्ष लभ शाहिको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी राजनितीक विश्लेषक डा.सुरेन्द्र के.सि रहनु भएको भयो भने विशिष्ट अतिथिमा नास्ट कलेज धनगढी प्रमुख शिवहरी मुडभरी र डा.जनक बहादुर सिह रावल रहनु भएको थियो ।
शिक्षा क्षेत्रमा लम्कि क्षेत्रको एक उत्कृष्ट विद्यालय मानिने उज्यालोको फरक भुमिका रहेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसिले देशमा राजनीति क्षेत्रमा विकास नभए सम्म देश विकाश हुन नसक्ने बताउनु भएको छ । नेपालमा राजनिती गर्नेहरूले रुपैयाँ कमाउनको लागि मात्र राजनिती गर्ने गरेको आरोप लगाउनु भयो ।
कार्यक्रममा बिशिष्ट अतिथी मुडभरिले बिगत देखी नै आफुलाई शिक्षाविद् भन्ने हरुले शिक्षा क्षेत्रलाई धारासाही गर्न खोजेको आरोप लगाउनु भयो । विद्यार्थीहरुको पढाइ राम्रो बनाउन अभिभावकले एक महत्वपूर्ण भुमिका खेल्नु पर्नेमा जोड थियो ।
हाल विद्यालयमा पिजि देखि कक्षा १२ सम्म अग्रेजी माध्याम र ९ देखि १२ सम्म नेपाली माध्याम सम्मको पढाइ भैरहेको छ । कार्यक्रममा विद्यार्थीहरुले आफ्नो आफ्नो विभिन्न सास्कृतिक प्रस्तुती देखाएका थिए । कार्यक्रममा विद्यालयमा योगदान दिने शिक्षक,अनुशासित विद्यार्थीहरु लाई सम्मान गरीएको थियो ।
विद्यालयका सहायक प्रअ प्रविन खङ्गको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको संचालन विद्यालयका शिक्षक लक्ष्मण रेग्मी र कृष्ण प्रसाद देवकोटाले गर्नु भएको थियो ।
