Naya Media
बिहिबार, बैशाख १०, २०८३
| | April 23, 2026
बिहिबार, बैशाख १०, २०८३

जलवायु परिवर्तन सम्बन्धी दुई दिने क्षमता अभिबृद्धि तालीम लम्किमा सुरु

User Photo बिहिबार, फाल्गुन २२, २०७६
काठमाण्डाै ।

जलवायु परिवर्तन सम्बन्धी अनुकुल प्रकोप तथा जोखिम व्यावस्थापनको मुलप्रभाहिकरणमा स्थानिय समुदायको क्षमता अभिबृद्धि तालीम कैलालीको लम्किमा सुरु भएको छ । बाफर नेपालको आयोजनामा भइरहेको कार्यक्रम बिहिवार र शुक्रबार दुई दिन हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा जनप्रतिनिधि चुरे क्षेत्र सङ्ग जोडिएका सामुदायिक बनका पदाधिकारी हरु को सहभागी रहेको छ ।
बाफर नेपालका अध्यक्ष उजिर सिंह सुनारको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी लम्की चुहा नगरपालिका वडा नम्बर १ अध्यक्ष जनक बहादुर बम रहनु भएको थियो । कार्यक्रममा लम्की चुहा नगरपालिका वडा नम्बर ५ कि वडा अध्यक्ष माया बिष्ट लगायत अन्य विभिन्न वडाका वडा सदस्य लगायत लम्की चुहा नगरपालिका भित्र पर्ने चुरे क्षेत्र सङ्ग जोडिएका बिरेन्द्र सामुदायिक बन,पुर्णिमा सामुदायिक बन,मुक्त कमैया सामुदायिक बन,लालिगुरास सामुदायिक बनका पदाधिकारीहरु को सहभागीता रहेको थियो ।
बाफर नेपालका सचिव कर्ण रावलको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको संचालन बाफर नेपालका कोषाध्यक्ष ममता रावलले गर्नु भएको थियो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.