Kanoon Post
शुक्रबार, जेष्ठ ४, २०८१/ May 17, 2024,
शुक्रबार, जेष्ठ ४, २०८१

जलवायु परिवर्तन सम्बन्धी दुई दिने क्षमता अभिबृद्धि तालीम लम्किमा सुरु

काठमाण्डाै ।

जलवायु परिवर्तन सम्बन्धी अनुकुल प्रकोप तथा जोखिम व्यावस्थापनको मुलप्रभाहिकरणमा स्थानिय समुदायको क्षमता अभिबृद्धि तालीम कैलालीको लम्किमा सुरु भएको छ । बाफर नेपालको आयोजनामा भइरहेको कार्यक्रम बिहिवार र शुक्रबार दुई दिन हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा जनप्रतिनिधि चुरे क्षेत्र सङ्ग जोडिएका सामुदायिक बनका पदाधिकारी हरु को सहभागी रहेको छ ।
बाफर नेपालका अध्यक्ष उजिर सिंह सुनारको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी लम्की चुहा नगरपालिका वडा नम्बर १ अध्यक्ष जनक बहादुर बम रहनु भएको थियो । कार्यक्रममा लम्की चुहा नगरपालिका वडा नम्बर ५ कि वडा अध्यक्ष माया बिष्ट लगायत अन्य विभिन्न वडाका वडा सदस्य लगायत लम्की चुहा नगरपालिका भित्र पर्ने चुरे क्षेत्र सङ्ग जोडिएका बिरेन्द्र सामुदायिक बन,पुर्णिमा सामुदायिक बन,मुक्त कमैया सामुदायिक बन,लालिगुरास सामुदायिक बनका पदाधिकारीहरु को सहभागीता रहेको थियो ।
बाफर नेपालका सचिव कर्ण रावलको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको संचालन बाफर नेपालका कोषाध्यक्ष ममता रावलले गर्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading