Naya Media
बिहिबार, बैशाख १०, २०८३
| | April 23, 2026
बिहिबार, बैशाख १०, २०८३

बालकल्याणले गर्यो कक्षा १० लाई बिदाई !!

User Photo शुक्रबार, फाल्गुन २३, २०७६
काठमाण्डाै ।

 

रंगप्रसाद तिमिल्सैना
लम्की/ फागुन २३
लम्कीचुहा नगरपालिका वडा नम्बर १, भुरुवामा रहेको बालकल्याण माविमा आज एक कार्यक्रमका बिच कक्षा १० का विद्यार्थीहरुलाई बिदाई गरिएको छ
विद्यालयमा अध्ययनरत कक्षा ९ तथा विद्यालय परिवारको आयोजनामा यस वर्ष एसईई दिने तयारीमा रहेका कक्षा १० का विद्यार्थीहरुको बिदाई कार्यक्रम गरि बिदाई गरिएको हो ।
कक्षा ९ का मनिटर मुकेश उपाध्यायको सभापतित्वमा भएको बिदाइ कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गीता गडतोला थापा रहनु भएको थियो ।
बिदाई कार्यक्रममा विशिष्ट अतिथि शिक्षक अभिभावक संघका अध्यक्ष चन्द्रप्रसाद जैशी, प्रधानाध्यापक रुपलाल जैशी, सहायक प्रधानाध्यापक रंगप्रसाद तिमिल्सैना, कक्षा १० का कक्षा शिक्षक प्रकाश बि. क. , कक्षा ९ का कक्षा शिक्षक दीपेन्द्र खत्रीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
त्यसैगरी कार्यक्रममा कक्षा १० का विद्यार्थी जानकी खनाल, राजेश जैशी, कक्षा ९ का विद्यार्थी दमन बिष्ट, योगेश खनाल लगायतकाले मन्तव्य राखेका थिए ।
कार्यक्रममा कक्षा १० का ८० जना विद्यार्थीहरुलाई मायाको चिनो स्वरुप फोटो फ्रेमहरु वितरण गरिएको थियो भने कक्षा ९ का विद्यार्थीहरुले विभिन्न नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।
कक्षा ९ कि छात्रा सरिता दुब्राकोटीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन कक्षा ९ कि छात्रा दिपिका आचार्यले गरेकी थिइन ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.