कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ३ का अध्यक्ष भक्त बहादुर चलाउने माथि कुटपिटको प्रयास भएको छ । आज व्यवस्थितनगरमा वडा स्वास्थ्य चौकी भवन निमार्णको लेआउटको कामका लागि गएका नगरपालिकाका प्राविधिक र वडा अध्यक्ष चलाउनेमा माथि त्यही वडाका छवि जोशीले कुटपिटको प्रयास गरेका हुन ।
प्रत्यक्षदर्शिका अनुसार नगरपालिकाका वडा अध्यक्ष चलाउने र प्राविधिकको टोली भवनको लेआउटको काम गर्नका लागि नक्सांकन गरिरहेका थिए ।
त्यसै समयमा एक्कासी आएका छवि जोशिले अपशब्दको प्रयोग गर्दै कस्ले यहाँ भवन हाल्ने अनुमति दियो भन्दै फितामा लात्तीले हिर्काएका थिए । वडा अध्यक्ष चलाउनेले किन गरेको यसरी भनेपछि वडा अध्यक्ष भएको ठाउँ तर्फ दौडिदै गएर अध्यक्षलाई कुटपिटको प्रयास गरेका थिए ।
वडा अध्यक्ष माथि कृटपिटको प्रयास गर्ने जैशीलाई इलाका प्रहरी कार्यालय मोतिपुरले नियन्त्रणमा लिएको छ ।
