
कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ३ का अध्यक्ष भक्त बहादुर चलाउने माथि कुटपिटको प्रयास भएको छ । आज व्यवस्थितनगरमा वडा स्वास्थ्य चौकी भवन निमार्णको लेआउटको कामका लागि गएका नगरपालिकाका प्राविधिक र वडा अध्यक्ष चलाउनेमा माथि त्यही वडाका छवि जोशीले कुटपिटको प्रयास गरेका हुन ।
प्रत्यक्षदर्शिका अनुसार नगरपालिकाका वडा अध्यक्ष चलाउने र प्राविधिकको टोली भवनको लेआउटको काम गर्नका लागि नक्सांकन गरिरहेका थिए ।
त्यसै समयमा एक्कासी आएका छवि जोशिले अपशब्दको प्रयोग गर्दै कस्ले यहाँ भवन हाल्ने अनुमति दियो भन्दै फितामा लात्तीले हिर्काएका थिए । वडा अध्यक्ष चलाउनेले किन गरेको यसरी भनेपछि वडा अध्यक्ष भएको ठाउँ तर्फ दौडिदै गएर अध्यक्षलाई कुटपिटको प्रयास गरेका थिए ।
वडा अध्यक्ष माथि कृटपिटको प्रयास गर्ने जैशीलाई इलाका प्रहरी कार्यालय मोतिपुरले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द