देशभरिका निजि अस्पतालले बिरामी जाछ गर्न मान्दैनन भन्ने आरोप लागि रहेका बेला कैलालीको लम्किमा रहेको लाल रत्न अस्पतालले बिरामीहरुको चेक जाच गरिरहेको छ ।
कोरोना भाईरसको डरलाइ थाती राख्दै अस्पतालले बिरामी जाचि रहेको छ । केही कर्मचारीहरु कोरोनाको डरले घरमै बसेपनी लालरत्न अस्पतालका संचालक आफै खटेर उपचार गरि राख्नु भएको छ ।
अस्पतालका संचालक लिला राज बिष्टले अस्पतालमा कार्यरत केही कर्मचारी कोरोनाको डरले अस्पताल नआए पनि आइरहेका कर्मचारीको साथमा आफै बिरामी जाचेर बसिरहेको जानकारी दिनु भयो ।
राष्ट्रिय संकटको घडिमा जनताहरुको सेवा गर्नु निजि अस्पतालको दायित्व भएको उहाले बताउनु भयो । अहिले अस्पतालमा २४ सै घन्टा सेवा उपलब्ध रहेको छ ।
अस्पतालमा हाल फिवर क्लीनिक संचालनमा रहेको छ । अस्पतालमा कार्यरत एम .बि.बि.एस डाक्टरहरु पनि २४ सै घन्टा बिरामी जाची रहनु भएको छ।
२५ बर्ष देखि सेवा दिदै आएको लालरत्न अस्पताल लम्की साथै उक्त अस्पतालमा कार्यरत डाक्टरहरुले पनि २४ सै घन्टा सेवा दिइरहेका छ्न ।
