विश्वव्यापि महामारिको रूपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को कारणले गर्दा देश “लकडाउन” भएको अवस्थालाई मध्यनजर गर्दै लम्किचुहा नगरकार्यपालिकाले गरेको निर्णय अनुसार दैनिक ज्यालादारी गरि खाने अति बिपन्न नागरिकलाई खाद्यान्न बितरण गर्ने अभियानलाई सहयोग स्वरुप बैंकर्स क्लब लम्किले ९४,००० (चौरानब्बे हजार) नगरपालिकाको राहत कोषलाई हस्तान्तरण गरेको छ ।
लम्किमा रहेका सबै बैंक तथा बित्तिय संस्था बाट प्राप्त जम्मा गरेको भौचर आज लम्की चुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाइ लाई अध्यक्ष तथा सिद्धार्थ बैंकका शाखा प्रबन्धक प्रकृति शान्त ठकुराठि र बैंकर्स क्लब लम्किका सचिब तथा सनराईज बैंक लम्किका शाखा प्रबन्धक मातृका खडकाले बैंकर्स कल्ब लम्कि का तर्फ बाट उक्त रकम हस्तान्तरण गरेको बैंकर्स क्लब लम्किका सचिव खडकाले जानकारी दिनु भयो ।
बैंकको सामाजिक उत्तर दायित्व अन्तर्गत लम्किका सबै बैंक बाट रकम हस्तान्तरण गरेको अध्यक्ष ठकुराठिले बताउनु भयो । क्लबले आगामी दिनमा पनि यस्ता सामाजिक काम गर्दै जाने क्लबका सचिव खडकाले बताउनु भयो ।
