सुदुरपश्चिम समाज दक्षिण कोरियाका पुर्व अध्यक्ष स्व.नवीन कार्कीको परिवारलाई आर्थिक सहयोग गरिएको छ । उनकाे गत चैत्रमा उपचारका क्रममा अल्पायुमै निधन भएकाे थियाे ।
पुर्व अध्यक्षकाे असमायिक निधन प्रति गहिरो दुख प्रकट गर्दै सुदुरपश्चिम समाज दक्षिण कोरियाले उहाँले कोरिया बसाईको अवधीमा सुदुरपश्चिम समाज लाई गर्नुभएको योगदानलाई स्मरण गर्दै स्व. कार्कीको परिवारलाई यो दुख को क्षणमा सुदुरपश्चिम समाज दक्षिण कोरिया शोकाकुल परिवार संगै छ भनेर विश्वास दिलाउन सुदुरपश्चिम समाज का सचिव योगेश बोहरा को संयोजकत्वमा अभियान संचालन गरेर कोरियामा रहेका नेपालीहरु मिलेर उठाएको रकम २ लाख २७ हजार ७ सय ८५ रुपैयाँ सुप समाजका पुर्व सदस्य टेकराज कठायत र हृदय उपाध्याय मार्फत स्व. नविन कार्की को परिवार लाई हस्तान्तरण गरिएको हाे।
सुदुरपश्चिम समाज दक्षिण कोरिया महासचिव ओम साउँदले आगामी दिनमा पनि उहाँको परिवार लाई आवाश्यक परेको खण्डमा सहयोग गर्ने बताउनु भएको छ ।
फेसवुकमा स्टाटस लेखेको तीन घण्टामै संसार छाडेका थिए नबिनले
बैदेशिक रोजगारीमा जान थालेको १२ बर्ष भईसकेको थियो, कैलालीको लम्कीचुहा नगरपालिका वड़ा नम्वर ६ का नन्दलाल (नविन) कार्कीलाई। बिदेशमा रोजगारीकै क्रममा पनि उनी धेरै सामाजिक कार्यमा सक्रिय थिए।
सुदूरपश्चिम नेपाली समाज कोरियाका अध्यक्ष भएका थिए भने नेपाली जनसम्पर्क समिति कोरीयाका उप सभापति भईसकेका थिए। कोरियामा रहेका विभिन्न संघसस्थामा उनको आवद्धता पनि बढ्दै गएको थियो। कोरियामै रोजगारीका क्रममा समस्यामा परेका सुदूरपश्चिमवासीको उद्धारमा पनि उनी सक्रिय थिए भने सुदूरपश्चिमवासीका हरेक घाउँमा मल्हम लगाउन उनी तल्लिन थिए।
झण्डै डेढ बर्ष अगाडी कोरियामा रोजगारीमै रहेका बेला कार्कीले एउटा दुखद खवर पाए, ‘दुई छोरा छोडेर घरबाट श्रीमती भागेको।’ त्यो खवर पाएपछि उनी प्रक्रिया मिलाएर घर आए। सबै सम्पत्ति श्रीमतीको नाममा भएकाले उनलाई चिन्ताले पिरोलिरहेको थियो।
घर पुगिसकेपछि केही भएपनि घरजग्गा फिर्ता हुन्छ कि ? भन्ने अपेक्षा सहित सोही प्रक्रियामा सुरु गरे। घरजग्गा त फिर्ता भयो तर उनले कमाएको एक करोड ६९ लाखको भने लेखाजोखा नै भएन्। नविनका एक आफन्तले भने, ‘भागीसकेपछि नविनकी श्रीमतीले २६ लाख रकम लिपस्टिक मै सकिएको भनिन्। एक करोड ६९ लाखमा नविनले कति पनि पाएनन्।’
दुई छोराको पालनपोषणका लागि पनि सहज होस भनेर गत मंसिरमा मात्रै उनले दोश्रो विवाह गरे। विदेशमा पसिना बगाएर कमाएको सम्पत्ति नपाएपछि उनी मानसिक रुपमा पनि कमजोर बन्दै गएका थिए। सोही कारणले नविनको मदिरा सेवन गर्ने क्रम पनि बढ्दै गयो।
तर पनि परिवारको पालनपोषणमा जुटेका थिए नविन्। कान्छि श्रीमतीबाट छोरीको जन्म भएको ९ दिन मात्रै भएको थियो, नविन स्वास्थ्यमा समस्या देखिएको भन्दै कोहलपुर मेडिकल कलेज बाँके तर्फ लागे। डाक्टरले उनको छाती र फोक्सोमा समस्या देखाए र अस्पताल भर्ना गराए।
दोश्रो दिन अस्पतालको शैयाबाटै नविनले फेसवुकमा स्टाटस लेखे, ‘कस्तो जिन्दगी विरामीको पत्तै लागेन आज के हुन्छ हेरौँ।’ स्टाटस लेखेको तीन घण्टा मात्रै र उनलाई आईसियुमा राखेर उपचार सुरु गरेको डेढ घण्टा मात्रै भएको थियो नविनले १० दिने छोरीलाई मात्रै होईन संसार नै छोडे। सधैका लागि। पुत्री लाभले खुसी भएकी नविनकी श्रीमतीमाथि त बज्रपात नै पर्यो । ४० बर्षको उमेरमै अस्ताएपछि अहिले नविनकी छोरी मात्रै होईन पहिलो श्रीमतीले छोडेर गएका दुई छोरा जेठो कक्षा ९ र कान्छो कक्षा ४ मा अध्ययनरत) र श्रीमती बेसहारा भएका छन्।
