
लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २० घरपरिवारलाई आज राहत स्वरुप खाद्यान्न सामग्री उपलब्ध गराइएको छ । नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्की र उपशाखाका सभापति रंगप्रसाद तिमिल्सैनाको समन्वयमा दैनिक मजदुरी गरि खाने, बिपन्न्न, डेरामा बस्ने विद्यार्थी तथा एकल महिलाको परिवारलाई व्यक्तिगत रुपमा सहयोगीदाताहरुले उपलब्ध गराएको खाद्यान्न पुर्व लम्की, भुरुवा, तिल्केनी र कुन्टीखेतका २० परिवारलाई सहयोग हस्तान्तरण गरिएको हो ।
दैनिक मजदुरी गरि खाने, बिपन्न, डेरागरी बस्ने विद्यार्थी तथा एकल महिलाहरूको परिवारमा लकडाउनका कारण चुलो नबल्ने भएपछि विभिन्न स्थानिय सहयाेगी मनहरूकाे सहयाेगमा राहत संकलन गरि वितरण गरिएकाे हाे ।
लम्कीचुहा नगरपालिका वडा नम्बर १ का ममता फलफुल तथा तरकारी पसल लम्कीका प्रोपराइटर गायत्री बास्तोला र मुक्ति बास्तोला ( मुकेश कम्प्लेक्स ) ले बाह्र हजार बराबरको ५ कट्टा (१२५ केजी) चामल, १ कट्टा ( २५ केजी) दाल, १ पेटी( २० पोका) तेल र १ कट्टा ( ५० पोका) नुन , लम्कीचुहा-१, लम्की निवासी तथा सागर समुन्द्र दुधडेरी लम्कीका प्रोपराइटर दिपेन्द्र लम्साल बाट सात हजार बराबरको ५ कट्टा (१२५ केजी) चामल, १० केजी दाल, ५ पोका नुन, ५ पोका तेल र ५ पिस साबुन उपलब्ध गराउनु भएको थियो ।
त्यसैगरी लम्कीचुहा-१, लम्की निवासी तथा लम्की मार्बल लम्कीका प्रोपराइटर डेबिट पौडेलले ६ हजार ३ सय बराबरको ५ कट्टा (१२५ केजी) चामल, लम्कीचुहा-७, खरौला निवासी तथा जेबिन स्टाइलिस कलेक्सन लम्कीका प्रोपराइटर जनक तिमिल्सिना ले २ हजार ५ सय बराबरको २ कट्टा (५० केजी) चामल र आस्था स्विट हाउस लम्कीका प्रोपराटर रमेश सन्ज्यालले २ हजार ५ सय बराबरको २ कट्टा (५० केजी) चामल, सामाजिक अभियन्ता कृष्ण बटालाले २ हजार ७ सय बराबरको चामल, दाल, नुन, तेल सहयोग उपलब्ध गराउनु भएको थियो ।
उक्त सहयोग सामग्री लम्कीचुहा-१, भुरुवाका भोलाप्रसाद बोहरा, जवाले बिष्ट, पार्वती बिष्ट, सोना रावल, कुन्टीखेतका `पानसरा सन्ज्याल, सुकी गिरी, पुर्व लम्कीका लक्षिराम टमट्टा, तिल्केनीका राधा बोहरा, धनी दमाई , सुर्जकला बि.क., सुनिता चौधरी, तुलसी सन्ज्याल ,खन्टी बजगाई, मनसरा भण्डारी, दीक्षा ढकाल, गोमा बि.क., सम्झना चौधरी , भुरुवाका बिष्णा जैशी लगायतका २० परिवारलाई प्रति परिवार २५ केजी चामल, २ केजी दाल, २ पोका नुन, १ पोका तेल सहयोग हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्कीका सभापतिले जानकारी दिनुभएको छ ।
सामग्री हस्तान्तरण कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा सभापति रंगप्रसाद तिमिल्सैना, सचिव बिनोद आचार्य, सामाजिक अभियन्ता कृष्ण बटाला, नारायण तिमिल्सैना,तिलकप्रसाद गडतोला, लक्ष्मण रेग्मी, शंकर जैशी, प्रकाश खनाल लगायतकाको सहभागिता रहेको थियो
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द