कैलालीको लम्की चुहा नगरपालिका वडा नं ६ स्याउले घर भई हाल रोजगारीको सिलसिलामा भारतको माहाराष्ट पुने मा बस्दै आउँनु भएका सामाजिक अभियान्ता ए आर जोशि खतिवडा उहाको टिमले माहाराष्ट पुने मा अलपत्र नेपाली हरुलाई राहत बाँडदै आएका छ्न आज बिगत केही दिन देखि उनिहरुले अलपत्र परेका नेपाली हरु लाई सहयोग गर्दै आएको उहाले भारतबाट जानकारी हाम्रो मालिका एफएम लाई जानकारी गराउनु भयो ।
सहयोग गर्ने क्रममा शुक्रबार दैलेख घर भयका १२ जना पुरुष र ३ जना महिला लाई AR जोशि खतिवडा महाकाली सेती टुर एण्ड ट्राभल्स पुनाका जिल्ला सञ्चालक छत्र उखेडा,माहाराष्टमै रहेका नबीन सुनार,दीनेश सुनार सागर सुनार गम्भीर मीजार,भिम अबीरल लगायतकाले सहयोग गरेको बताईएको छ ।
नेपाल फर्किनको लागि होटेलको काम छोडेर बस्नु भएका दैलेख १५ जनालाई ,चामल, दाल ,तेल ,साबुन ,माक्स सहीत समपूर्ण खाद्यान्न सामग्री वितरण गरिएको भारतबाट ए आर ले बताउनु भयो । केही दिन अगाडि अछामका २४ जनालाई पनि सहयोग गरेका थिए ।
