Kanoon Post
बिहिबार, बैशाख ६, २०८१/ April 18, 2024,
बिहिबार, बैशाख ६, २०८१

Trending :

No tags found.

लियो क्लब अफ लम्कीको नयाँ कमिटी गठन

कैलाली ।

लियो क्लब अफ कैलाली लम्कीको बर्ष २०२०/२०२१ को अध्यक्ष पदमा सामाजिक अभियान्ता प्रकाश बिष्ट लाई निर्बिरोध चयन गरिएको छ ।
आज लियो क्लब अफ कैलाली लम्की बर्ष २०१९ का अध्यक्ष बिरेन्द्र शाहीको अध्यक्षतामा बसेको बैठकले लियो क्लब अफ कैलाली लम्कीको बर्ष २०२०/२०२१ को अध्यक्ष पदमा सामाजिक अभियान्ता प्रकाश बिष्ट लाई निर्बिरोध चयन गरिएको हो ।

बिगतका बर्षहरुमा विभिन्न ठाउँहरुमा सहयोग गर्दै आएको र लम्की क्षेत्रमा लोकप्रिय संस्थाको रुपमा चिनिएको छ । लियो क्लब अफ कैलाली लम्की द्वारा गत बर्ष खेलिएको देउसी भैलो बाट संकलन भएको रकमले आँखा अस्पताल निर्माण कार्यमा सहयोग गरेको उक्त संस्थका निबर्तमान कोषाध्यक्ष उदय भाटले जानकारी गराउनु भएको छ ।

करिब ५ लाखको बराबरको अक्षयकोष निर्माण गरिएको छ त्यो ५ लाख बाट आउने वार्षिक ब्याज बाट गरिब ,असहाय , र अनाथ बालबालिका पढाई रहेको बर्ष २०१९ का अध्यक्ष बिरेन्द्र शाही ले बताउनु भएको छ ।

नयाँ अध्यक्षमा चयन हुनु भएका बिष्टले क्लबले आगामी दिनमा विभिन्न सामाजिक काम गर्दै जाने बताउनु भयो । यस्तै प्रथम उपाध्यक्षमा उदय भाट तेस्रो उपाध्यक्षमा कर्ण आचार्य, सचिवमा मीन बटाला, कोषाध्यक्ष कल्पना तिमिल्सिना,सहसचिव तुलाराम ओझा चयन भएका छ्न ।
अन्य केही पदाधिकारी चयन हुन बाकी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading