Naya Media
शनिबार, बैशाख ५, २०८३
| | April 17, 2026
शनिबार, बैशाख ५, २०८३

मोहन्यालका क्वारेन्टिनमा स्वास्थ्य सामाग्री वितरण

मोहन्याल गतिशिल युवा समाज भारतको सहयोगमा क्वारेन्टिनमा सामाग्री वितरण

User Photo शनिबार, जेष्ठ ३१, २०७७
काठमाण्डाै ।

विश्वभरी कोरोना महामारी फैलिएको बेला नेपालमा पनि यसको असर देखिन थालेको छ । नेपालमा पनि अहिले विभिन्न जिल्लामा कोरोना भाइरसले आतंक मच्चाउन थाले पछि मानिसहरुमा एक किसिमको त्रास फैलिएको छ । यहि बिचमा कैलालीको मोहन्याल गाउँपालिका पनि यसमा अछुतो छैन । यहि समस्यालाई मध्यनजर गर्दै युवाहरुको पहलमा सेनिटाइजर, साबुन ,सोडा , मास्क,हर्पिक र फलेबिसौना क्वारेन्टिनमा ७५ जार पानी वितरण गरिएको छ ।
कोरोना भाइरस बाट बच्नका लागि प्रवासमा रहेर मोहन्याल गतिशील युवा समाजले मोहन्याल गाउपालिका भित्र रहेका क्वारेन्टाइनमा ७ वटै वडामा भोक भन्दा नि रोग संग लड्न जरुरि देखेकोले केन्द्रीय समितिका अध्यक्ष जनक शाहि, सचिव करन बि सि ,कोषाध्यक्ष गोपिराम जैसि र केन्द्रीय समितिका वरिष्ठ सल्लाहकार विष्णु शर्मा महाराष्ट्र राज्य समितिका अध्यक्ष निराजन बटाला, हरियाणा राज्य समितिका अध्यक्ष किसन बिष्ट, कर्नाटक राज्य समितिका अध्यक्ष दिनेश गौतम र गुजरात राज्य समितिका अध्यक्ष एकेन्द्र घोडासैनिको पहलमा सेनिटाइजर, साबुन ,सोडा , मास्क,हार्पिक र फलेबिसौना क्वारेन्टिनमा ७५ जार पानि वितरण गरिएको जानकारी प्राप्त भएको छ ।
यस कार्यमा अमेरिका देखि मदन राज  र कोरिया देखि गोबिन्द अधिकारीको पनि सहयोग रहदै आएको संस्थाका केन्द्रिय सचिव करन बिसिले जानकारी दिनु भयो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.