जसको कोहि छैन ,त्यसको हामी छौ अभियान अन्तर्गत लम्की चुहा नगरपालिका वडा नम्बर १ थपालिपुर निबासी आर्थिक र शारीरिक रुपमा अपाङ्ग धन बहादुर बिकको आवास गृह निर्माणको लागि युवा व्यावसायि राष्ट्रिय युवा संघ नेपाल लम्की चुहा नगर कमिटी संयोजक सन्तोष कुमार ओलिले नगद रु ६ हजार ६ सय सहयोग गर्नु भएको छ ।
लम्की क्षेत्रका केही युवाहरुले अहिले जसको कोहि छैन त्यसको हामी भन्ने अभियान चलाएर पिडितहरुको आवस निर्माण गरिरहेका छ्न ।
राष्ट्रिय युवा संघ नेपाल लम्की चुहा नगर कमिटी संयोजक सन्तोष कुमार ओलिले आर्थिक सहयोग गर्दै सक्दो सहयोग गर्न अरु लाई पनि आग्रह गर्नु भयो बेसहाराको सहारा आफुहरु बन्ने बताउदै अन्य घरहरु पनि क्रमश निर्माण गर्दै जाने बताउनु भयो ।
राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य नेत्र भण्डारीको संयोजकत्वमा यो अभियान अभियान चलाएर अहिले पालिका भरी ५ वटा घर निर्माण कार्यको थालनी गरिएको छ ।
