
जसको कोहि छैन त्यसको हामी छौ अभियान अन्तर्गत लम्की चुहा नगरपालिका वडा नम्बर १ थपालिपुर निबासी आर्थिक र शारीरिक रुपमा अपाङ्ग धन बहादुर बिकको आवास गृह निर्माणको लागि युवा व्यावसायि बल बहादुर रावलले नगद रु १० हजार सहयोग गर्नु भएको छ ।
लम्की क्षेत्रका केही युवाहरुले अहिले जसको कोहि छैन त्यसको हामी भन्ने अभियान चलाएर पिडितहरुको आवस निर्माण गरिरहेका छ्न ।
यो अभियान निकै राम्रो अभियान भएको बताउदै रावलले सहयोग गर्नु भएको हो । यो अभियानमा साथ दिन उहाँले सबैलाई आग्रह समेत गर्नु भयो ।
राष्ट्रिय युवा संघ केन्द्रिय सदस्य नेत्र भण्डारीको संयोजकत्वमा यो अभियान अभियान चलाएर अहिले पालिका भरी ५ वटा घर निर्माण कार्यको थालनी गरिएको छ भने अन्य घरहरु निर्माण पनि बिस्तारै बनाउदै जाने अभियानका अभियान्ता युवा व्यावसायि सन्तोष कुमार ओलिले बताउनु भयो ।
प्रतिक्रिया
बिक्री गर्न तयार भएकाे लाखाैकाे खरबुजा अज्ञात व्यक्ति द्वारा बारीमै काटेर नष्टप्रतिक्रिया
अलपत्र परेकालाई गन्तव्यसम्म पुर्याइदिने कर्णाली प्रदेशकाे निर्णयप्रतिक्रिया
२१ पदक जित्दै छैटाै सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियाेगितामा नक्साल डाेजाे बन्याे च्याम्पियनप्रतिक्रिया
पालैपालो यौनसम्पर्कपछि हत्या, मोबाइल ‘अन’ भएपछि पत्ता लाग्यो हत्याराप्रतिक्रिया
कोरोना संक्रमण बढ्दै गएपछि कोरिया जाने कामदार पठाउन बन्द