कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर १ थपालिपुरमा रहेको चेतना सामुदायिक बन उपभोक्ता समुहको ७ औ बार्षिक साधारण सभा एक कार्यक्रमका बिच आज सम्पन्न भएको छ । उपभोक्ता समिती अध्यक्ष लक्षण बटालाको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी कैलाली क्षेत्र नम्बर २ का प्रदेश सांसद रतन थापा रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै थापाले बन सबै मिलेर बन जोगाउनु पर्नेमा जोड दिनु भयो ।पहिलाको तुलनामा बन निकै राम्रो भएको बताउदै बन समिति अझै सक्रिय रुपमा लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा लम्की चुहा नगरपालिका वडा नम्बर अध्यक्ष जनक बम, कांग्रेस नेता भक्त बहादुर थापा लगायत उपभोक्ता हरुको उल्लेख्य मात्रामा सहभागीता रहेको थियो । कार्यक्रममा सामुदायिक बनका अध्यक्ष लक्ष्मण बटालाले बन लाई राम्रो बनाउन आफू सक्रिय भएर लाग्ने बताउनु भयो । कार्यक्रममा आर्थिक बर्ष २०७७/७८ को १ करोड बढीको आयव्यय प्रस्तुत गरिएको थियो ।
