जंगली बदेलको आक्रमणमा परि कैलालीको लम्कीमा एक जना घाईते भएका छ्न ।
लम्की थपालीपुरमा रहेको चेतना सामुदायिक बनको हाता भित्र उक्त सामुदायिक बनका कार्यसमिती सदस्य छबिलाल बलामी घाईते भएको बनका अध्यक्ष लक्ष्मण बटालाले बताउनु भयो ।
मंगलबार अपरान्ह ४ बजे तिर बनमा छाडा छोडिएका गाई गोरु धपाउन जंगल प्रवेश गरेका उनलाई रिठाई ताल नजिक क्षेत्रमा घाइते बदेलले आक्रमण गरेको बनका कोषाध्यक्ष राम बहादुर चलाउनेले बताउनु भयो । बलामिको हात,खुट्टा,टाउकोमा चोट लागेको जानकारी गराउनु भयो ।
उहाले भन्नू भयो बदेलको एउटा खुट्टा आधा छैन सायद कुनै सिकारिले थापेको पासोको बाट उम्केको होला । चोरी सिकारी व्यापक बढिरहेको उहाँको भनाई छ ।
