Naya Media
शनिबार, बैशाख ५, २०८३
| | April 17, 2026
शनिबार, बैशाख ५, २०८३

चिसापानीमा घाईते अवस्था भेटिएका पुरुषको उपचारको क्रममा निधन, पहिचान खुल्ल बाँकी

User Photo बुधबार, बैशाख ८, २०७८
काठमाण्डाै ।

चिसापानी राजमार्ग छेउमा गत बैशाख ५ गते राती घाईते अवस्था भेटिएका पुरुषको टिकापुर अस्पतालमा ज्यान गएको छ ।

गत बैशाख ५ गते राती १० बजे पछि पुर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीचुहा ३ खैरेनी चिसापानीमा घाईते अवस्थामा सडक छेउमा भेटिएका अन्दाजी ५०/५५ बर्षका पुरुषको चिसापानी प्रहरीले उद्दार गरेर टिकापुर अस्पतालमा उपचारको लागी लगेको थियो ।

परिचय नखुलेको ति पुरुषको उपचारको क्रममा ज्यान गएपछि उनको शब टिकापुर अस्पतालमा राखिएको र उनको शबको अझै पहिचान हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।

गहुँ गोरो वर्ण, उचाई ५.६ फिट, मोटो शरीर भएको माथिल्लो शरीरमा बुट्टेदार सर्ट, कमिज तल्लो शरीरमा खैरो पाईन्ट, सेतो सोल भएको कालो जुत्ता लगाएका पुरुष रहेको प्रहरीले बताएको छ ।

उनको शब टिकापुर अस्पतालको शब गृहमा छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.