Naya Media
शनिबार, बैशाख ५, २०८३
| | April 17, 2026
शनिबार, बैशाख ५, २०८३

कर्णाली पुलबाट हाम फालेका वृद्धको ज्यान गयो

User Photo आइतवार, बैशाख १९, २०७८
लम्की, कैलाली ।

कैलाली चिसापानी स्थित कर्णाली पुल बाट हाम फालेका वृद्धको ज्यान गएको छ । आईतवार दिउसो करिब १२ बजे पछि ती वृद्धले हाम फालेका थिए ।

हाम फालेको खबर पाउने बित्तिकै ईलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक नेत्र बहादुर बोहराको नेतृत्वमा खटिएको टोलिले उद्दार गरेको थियो ।

पुलमा वृद्धले छोडेको झोला चेकजाँच गर्दा जिल्ला कालीकोट राम्नाकोट गा.वि.स. वडा न. २ बस्ने वर्ष ७६ को ऐमान्ने दमाई नामको जिल्ला प्रशासन कार्यालयबाट कालीकोटबाट जारी भएको नेपाली नागरिकताको प्रमाण पत्र फेला परेको प्रहरी निरीक्षक बोहराले जानकारी दिनु भयो ।

ती वृद्ध हाल बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ नैलापुरमा बसोबास गरि रहेको र थप अनुसन्धान भइरहेको छ ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.