Kanoon Post
बिहिबार, चैत्र १५, २०८०/ March 28, 2024,
बिहिबार, चैत्र १५, २०८०

Trending :

No tags found.

भजनीका नगरप्रमुख चौधरीले आफु चढने गाडी कोरोना संक्रमीतलाई बोक्न प्रयोग गर्ने

लम्की, कैलाली ।

कोरोना संक्रमणकाे कहाली लाग्दो अवस्थामा भजनी नगरपालिका नगरप्रमुख शेर बहादुर चौधरीले आफूले प्रयोग गर्दै आइ रहेको गाडी भजनी नगरपालिका रहेका कोरोना संक्रमणका बिरामी लाई बोक्न तथा अक्सिजन तथा अन्य ब्यवस्थापन कार्यमा प्रयोग गर्न भजनी प्राथमिक स्वास्थ्य केन्द्र भजनीलाई संचालन गर्न दिई जिम्मेवारी पुर्ण कार्य गर्नु भएको छ ।

नगरपालिकामा कोरोना संक्रमीत लाई अस्पताल लैजान लगायत स्वास्थ्य सामाग्री ओसारपसार गर्न आफू चढने गाडी दिने बताउनु भएको हो ।

अहिले आफू गाडी चढन भन्दा बिरामीका लागि गाडी सहयोग गरेको चौधरीले बताउनु भयो । आफु जनता बाट निर्वाचित भएको र जनतालाई समस्या पर्दा आफुले गर्न सक्ने गाडी सहयोग गरेको बताउनु भयो ।

साथै कोरोना कहर दिन प्रतिदिन बढिरहेकोले नगरबासीलाई सचेत रहन आग्रह समेत गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट


Naya Media

सञ्चालक
एक्टिभ प्रेस प्रा.लि.

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

nayamedia.com@gmail.com

© 2016 - 2024 Active Press Pvt.Ltd. All Rights Reserved.

Discover more from NayaMedia

Subscribe now to keep reading and get access to the full archive.

Continue reading