
कंचनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ८ मा स्थानीय युवा गाेविन्द अवस्थीले स्वतन्त्र उम्मेदवारी दिएका छन ।
वडाध्यक्ष पदका लागि अवस्थीकाे स्वतन्त्र उम्मेदवारी परेको हाे । विभिन्न राजनीति पार्टी प्रति जनतामा वितृष्णा जागेपछि स्वतन्त्र उम्मेदवारका रुपमा अवस्थीले उम्मेदवारी दर्ता गराए थिए ।
पुनर्वास सहकर्मी विक्रम रावललाई उदृतगर्दै उनलेे भने – “म फरक भिजनका साथ आएको छु स्थानीय तहमा हुने कुकार्य कुरीति अनि भ्रष्टाचारको अत्य गरि सभ्य समुन्नत समाज निर्माण गर्ने उद्देश्यका साथ उम्मेदवारी दर्ता गराएको छु ।”
यद्यपि कतिपय स्थानीय तहहरुमा पार्टीले टिकट नदिदा बागी उठ्ने प्रवृत्ति समेत हावी छ त्यस्ता उम्मेदवारहरुले पनि अन्ततः स्वतन्त्र उम्मेदवार हुँ भन्ने गरेको पनि पाइन्छ । भने बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारकाे लाेकप्रियताका आधारमा स्थानीयकाे आकर्षण बढिरहेको छ ।