कैलालीकी दुई बालिका बेपत्ता भएकी छन्। लम्कीचुहा नगरपालिका वडा नम्बर २ बगनियाकी १६ वर्षीया बसन्ती बजगाई र करुणा खत्री बेपत्ता भएकी हुन्। बसन्ती बजगाई एसइइ दिएर बसेकी थिइन भने करुणा खत्री कक्षा ८ मा अध्यनतर थिइन । उनीहरु गत २० गते शनिबार राती ९ः०० बजेदेखि बेपत्ता भएको आफन्तले बताएका छन्।
यता प्रहरीले पनि उनिहरुको खोजी गरिरहेको जनाएको छ। उनलाई कतै फेला पारेमा प्रहरीलाई सम्पर्क गरिदिन आफन्तले आग्रह गरेका छन्। साथै उहाँका बुबाको नम्बर ९७४८२५७९७६ मा सम्पर्क गर्न सक्नु हुनेछ ।

