
कैलालीको गौरिगंगा नगरपालिकामा भएको कार्यक्रममा नेकपा माओवादि,एमाले, नेपाली कांग्रेस परित्याग गरि सयौं नेता कार्यकर्ता नागरिक उन्मुक्ति पार्टीमा प्रबेश गरेका छ्न । पार्टी अध्यक्ष रन्जीता श्रेष्ठ चौधरीको अध्यक्षतामा पार्टी प्रवेश गरेको पार्टीका केन्द्रिय सदस्य अरुण चौधरीले जानकारी दिनु भयो ।
पछिल्लो समय उक्त पार्टिले आफ्ना गतिविधि लाई बढाई रहेको छ । कैलाली लगायत बर्दिया र कंचनपुरका विभिन्न ठाउँमा पुगेर कार्यक्रम गर्दै आएको छ ।
पार्टीमा प्रवेश हुने लहर नै देखिएको छ । आगामी संसदीय चुनाव लाई लक्षित गरि पार्टिले गतिविधि बढाई रहेको केन्द्रिय सदस्य अरुण चौधरीले जानकारी दिनु भयो ।