Naya Media
बिहिबार, जेष्ठ ७, २०८३
| | May 21, 2026
बिहिबार, जेष्ठ ७, २०८३

नागरिक उन्मुक्ति पार्टीको बर्दिया अभियानमा एकै कार्यक्रममा ३ सय बढी प्रवेश,

User Photo शुक्रबार, साउन १३, २०७९
काठमाण्डौ ।

पछिल्लो समय नागरिक उन्मुक्ति पार्टीमा अन्य पार्टिका नेता तथा कार्यकर्ता प्रवेश गर्ने जारी छ । कैलालीका विभिन्न ठाउँको कार्यक्रम सकेर पर्टिले आफ्ना गतिविधि बर्दिया केन्द्रित गरेको छ । आज बर्दियामा भएको कार्यक्रममा ३ सय बढिले पार्टी प्रवेश गरेको केन्द्रिय सदस्य अरुण चौधरीले जानकारी दिनु भयो ।
बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर २ रानीपुर भुरीगाउँमा ना.उ.पा. ठाकुरबाबा नगर कमिति द्वारा आयोजित कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीको केन्द्रिय अध्यक्ष रन्जीता श्रेष्ठ चौधरी, केन्द्रिय प्रबक्ता दामोदर पन्डित, केन्द्रिय सङठन बिभाग आदरणीय लक्षमण किशोर जोगेथवा,केन्द्रिय सदस्य तथा सुदुर पश्चिम संगठन विभाग प्रमुख अरुण चौधरी लगायको  उपस्तिथिमा कार्यक्रम भएको थियो ।

पार्टी अध्यक्ष रन्जीता श्रेष्ठ चौधरीको अध्यक्षतामा पार्टी प्रवेश गरेको पार्टीका केन्द्रिय सदस्य तथा सुदुर पश्चिम संगठन विभाग अरुण चौधरीले जानकारी दिनु भयो ।
पछिल्लो समय उक्त पार्टिले आफ्ना गतिविधि लाई बढाई रहेको छ । कैलाली लगायत बर्दिया र कंचनपुरका विभिन्न ठाउँमा पुगेर कार्यक्रम गर्दै आएको छ ।
पार्टीमा प्रवेश हुने लहर नै देखिएको छ । आगामी संसदीय चुनाव लाई लक्षित गरि पार्टिले गतिविधि बढाई रहेको केन्द्रिय सदस्य अरुण चौधरीले जानकारी दिनु भयो ।


Photo

रमित पाण्डे नयाँ मिडिया डट कमका कैलाली सम्बाददाता हुन । उनी समसामयिक राजनैतिक तथा सामाजिक विषयमा कलम चलाउछ्न ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

ट्रेन्डिङ पोष्ट

Sign up for Our

NEWSLETTER

Enter your email to receive new posts.

सम्बन्धित समाचार


Naya Media

सम्पादक
निम क्षेत्री

सुचना बिभाग दर्ता नं.
९८१-०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.
५९०-०७३/०७४

nayamedia.com@gmail.com

© 2016 - 2026 | Novus Media Group Pvt. Ltd. | All Rights Reserved.