
नागरिक उन्मुक्ति पार्टीका नेताहरूले धनगढीमा रहेका टिकापुर घटनाका राजबन्दीहरूसँग भेट गरेका छन् । वि.सं २०७२ साल भदौ ७ गते टीकापुरमा भएको घटनाका आरोपित राजबन्दीहरूलाई भेट गरि ७ गते टीकापुरमा हुने कार्यक्रममा ऐक्यबद्धता जनाउन तथा विना सर्त रिहाइको माग गर्दै भेट गरेका हुन् । उक्त भेटघाट कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी , कोषाध्यक्ष कोमल ज्ञवाली , नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य तथा सुदुरपश्चिम संगठन विभाग प्रमुख अरुण कुमार चौधरी , केन्द्रीय सदस्य नेत्र प्रसाद जोशी , केन्द्रीय सदस्य तथा सुदुरपश्चिम प्रदेशका प्रवक्ता भक्त बहादुर चलाउने , केन्द्रीय सदस्य रामेश्वर चौधरी , कैलाली क्षेत्र नं २ का संयोजक मिलन चन्दको सहभागीता रहेको थियो ।
नागरिक उन्मुक्ति पार्टीको आयोजनामा २०७२ भदौ ७ गते टीकापुरमा भएको घटनाको सम्झनामा मंगलबार बृहत कार्यक्रम हुदैछ । राजबन्दीमा रहेका घर परिवारका सदस्यलाई समेत उक्त कार्यक्रम सम्मान गरिने केन्द्रीय सदस्य तथा सु.प. संगठन विभाग प्रमुख चौधरीले जानकारी दिनु भएको छ । टीकापुर घटनाका आरोपितहरूलाई विना सर्त रिहाइ गर्नुपर्ने माग उनीहरूको छ ।