बैतडीका सरकारी कार्यालयका प्रमुखहरु र मुख्यमन्त्री शाह बीच अन्तर्कृया भएको भएको छ । जिल्ला स्थित विभिन्न सरकारी कार्यालयमा रहेका प्रमुख तथा प्रतिनिधिको सहभागीता रहेको कार्यक्रममा मुख्यमन्त्री कमल बहादुर शाह, प्रदेश सभा सदस्य शिवराज भट्ट,बिक्रम धामी,प्रदेश योजना आयोगका उपाध्यक्ष मोहन बिष्ट,बैतडीका प्रमुख जिल्ला अधिकारी लगायत सहभागी रहेका थिए । कार्यक्रममा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिले कार्यालयमा रहेका समस्या र प्रगती विवरण परस्तुत गरेका थिए ।
कार्यक्रममा योजना आयोगका उपाध्यक्ष बिष्टले अघिल्ला सरकारले गरेका राम्रा कामहरू लाई निरन्तरता दिदै नयाँ कामका योजना बनाउन भ्रमणको उद्देश्य रहेको बताए ।
जवाफमा मुख्यमन्त्री शाहले प्रदेस सरकारले गर्न सक्ने कार्य गर्ने बताए । जनता बाट निर्वाचित जनप्रतिनिधि र सरकारी कर्मचारीले मिलेर अगाडि बढनु पर्नेमा जोड दिनु भयो ।